धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।
Tuesday, June 14, 2011
फुल भइ नफुलि देउ तिमी
फुल भइ नफुलि देउ तिमी
त्यो त जसले पनि टिप्छ
मेरो जीवन बाट टाढा नगइ देउ तिमी
यो मेरो मुटु छिया छिया हुन्छ।
फुल नै भएर फुल्नु छ भने
मेरो मुटु को बिचमा फुल तिमी
बिचमा गएर यात्रा रोक्नु छ भने
पहिले नै यात्रा सुरु नगर तिमी।।
किनारामा ल्याएर छोड्नु छ भने
समुन्द्रबाट मलाइ नझिक तिमी
पछि गएर आशु बन्नु छ भने
पहिले झुटो हासो नबनिदेउ तिमी ।।
त्यो त जसले पनि टिप्छ
मेरो जीवन बाट टाढा नगइ देउ तिमी
यो मेरो मुटु छिया छिया हुन्छ।
फुल नै भएर फुल्नु छ भने
मेरो मुटु को बिचमा फुल तिमी
बिचमा गएर यात्रा रोक्नु छ भने
पहिले नै यात्रा सुरु नगर तिमी।।
किनारामा ल्याएर छोड्नु छ भने
समुन्द्रबाट मलाइ नझिक तिमी
पछि गएर आशु बन्नु छ भने
पहिले झुटो हासो नबनिदेउ तिमी ।।
कारण तिमी
मुर्छा पर्ने म बिरामीको कारण तिमी
पागल बन्ने म, हरामीको कारण तिमी
भन्न नसकि भित्र भित्रै जलिसकेछ
जलेर बन्ने म, खरानीको कारण तिमी
सधैं भरी तिम्रो सामुने बसिरहें
आज टोलै छाडीहिंड्ने, लिलामीको कारण तिमी
माया गर्ने सपनाहरु, आज लास बनेछन्
लासै बोकि हिंड्ने म, मलामीको कारण तिमी
ऋण काढेर ठुलो महल, तिम्रै लागी बनाएँ
अहिले म ऋणले डुब्ने, गुलामीको कारण तिमी
पागल बन्ने म, हरामीको कारण तिमी
भन्न नसकि भित्र भित्रै जलिसकेछ
जलेर बन्ने म, खरानीको कारण तिमी
सधैं भरी तिम्रो सामुने बसिरहें
आज टोलै छाडीहिंड्ने, लिलामीको कारण तिमी
माया गर्ने सपनाहरु, आज लास बनेछन्
लासै बोकि हिंड्ने म, मलामीको कारण तिमी
ऋण काढेर ठुलो महल, तिम्रै लागी बनाएँ
अहिले म ऋणले डुब्ने, गुलामीको कारण तिमी
भेट्न सकिन
प्रेम गर्छु भन्ने त धेरै नै थिए होलान्
प्रेम गर भन्ने भेट्न सकिन ।
I love you भन्ने त थिए होलान्
यो महंगाइले गर्दा अपनाउन सकिन । ।
म तिम्रो हु भन्ने त थिए होलान्
तिमी मेरो हौ भन्ने भेट्न सकिन ।
तिमीलाई सु:खमा साथ दिन्छु भन्ने त थिए होलान्
दु:खमा पनि साथ दिन्छु भन्ने भेट्न सकिन । ।
मलाई साथमा राख भन्ने त धेरै थिए होलान्
आँखामा राख भन्ने भेट्न सकिन ।
यो संसारमा प्रेम गरौ भन्ने त धेरै थिए होलान्
तर भाउ नखोज्ने एक पनि भटेन । ।
प्रेम गर भन्ने भेट्न सकिन ।
I love you भन्ने त थिए होलान्
यो महंगाइले गर्दा अपनाउन सकिन । ।
म तिम्रो हु भन्ने त थिए होलान्
तिमी मेरो हौ भन्ने भेट्न सकिन ।
तिमीलाई सु:खमा साथ दिन्छु भन्ने त थिए होलान्
दु:खमा पनि साथ दिन्छु भन्ने भेट्न सकिन । ।
मलाई साथमा राख भन्ने त धेरै थिए होलान्
आँखामा राख भन्ने भेट्न सकिन ।
यो संसारमा प्रेम गरौ भन्ने त धेरै थिए होलान्
तर भाउ नखोज्ने एक पनि भटेन । ।
धोका पाउनु नै छ भने………..
धोका पाउनु नै छ भने
जीवनमा प्रेम नै गर्नु किन ?
दुइ मुटु जोडेर तोडिन्छ भने
दुइ मुटु जोड्ने नै किन ?
प्रेम बिश्वासमा अडिक हुन्छ भन्थे
फेरी मलाई नै बिश्वास घात किन ?
प्रेममा सानो ठुलो हुदैन भन्थे
फेरी मलाई नै भेदभाव किन ?
प्रेमले जीवनमा उज्यालो छाउँछ भन्थे
फेरी मेरो जीवनमा नै लोडसेडिड. किन ?
प्रेमिकाको साथमा जीवन सफल हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा असफलता किन ?
प्रेमीकाको मुस्कानले जीवन हरियाली हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा उजाड किन ?
प्रेम त दुबै तर्फवाट बराबर हुन्छ भन्थे
फेरी मेरो नै प्रेममा एकतर्फि किन ?
जीवनमा प्रेम नै गर्नु किन ?
दुइ मुटु जोडेर तोडिन्छ भने
दुइ मुटु जोड्ने नै किन ?
प्रेम बिश्वासमा अडिक हुन्छ भन्थे
फेरी मलाई नै बिश्वास घात किन ?
प्रेममा सानो ठुलो हुदैन भन्थे
फेरी मलाई नै भेदभाव किन ?
प्रेमले जीवनमा उज्यालो छाउँछ भन्थे
फेरी मेरो जीवनमा नै लोडसेडिड. किन ?
प्रेमिकाको साथमा जीवन सफल हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा असफलता किन ?
प्रेमीकाको मुस्कानले जीवन हरियाली हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा उजाड किन ?
प्रेम त दुबै तर्फवाट बराबर हुन्छ भन्थे
फेरी मेरो नै प्रेममा एकतर्फि किन ?
नशा………………….
छोटो भएता पनि यो हाम्रो जीवन
बाचुन्जेलसम्म यसरी नै साथ पाई रहुँ ।
गर्मीमा शितल पवन बन्न नसके पनि
जाडोमा न्यानो ताप बनिदिनु तिमी ।।
मेरो दु:खमा दु:ख बाँड्न नसके पनि
सबै दु:खलाई भुलाई दिनु तिमी ।
मेरो आँखामा बस्न नसके पनि
मेरो मनको साथ कहिल्यै नछोड्नु तिमी ।।
मलाई प्रेमको नशा दिन नसके पनि
आफनो नशाले कहिल्यै नछोड्नु तिमी ।
जेसुकै परिनाम भएपनि
मेरो साथ कहिल्यै नछोड्नु तिमी ।।
बाचुन्जेलसम्म यसरी नै साथ पाई रहुँ ।
गर्मीमा शितल पवन बन्न नसके पनि
जाडोमा न्यानो ताप बनिदिनु तिमी ।।
मेरो दु:खमा दु:ख बाँड्न नसके पनि
सबै दु:खलाई भुलाई दिनु तिमी ।
मेरो आँखामा बस्न नसके पनि
मेरो मनको साथ कहिल्यै नछोड्नु तिमी ।।
मलाई प्रेमको नशा दिन नसके पनि
आफनो नशाले कहिल्यै नछोड्नु तिमी ।
जेसुकै परिनाम भएपनि
मेरो साथ कहिल्यै नछोड्नु तिमी ।।
सजल
फेरि पनि पाए हुन्थ्यो विगतका ती पलहरु
चाहेर पनि टिप्न नसकिएका सुन्दर ती फूलहरु
निभ्दै निभ्दै जान थाले जलेका ती दियोहरु
किन आउथ्यो फर्किएर गएका ती दिनहरु
सम्झनाले सताइदिन्छ पिरोलिदिन्छ अतितले
आसुँ नै त साथ हुन्छ तड्पाइदिँदा मायाले
बर्षा लागे धर्तिमा नी बाढिपहिरो गैरहन्छ
संघर्शमय जीवन हो हाम्रो मिलन विछोड भैरहन्छ
आँखाभरी आसुँ भरिएपनि ओठमा मुस्कान छर्नैपर्ने
मुटुभरी माया भएनी विवशता छ् छुट्नैपर्ने
कस्तो रैछ मानवजीवन दु:खभित्र हास्नुपर्ने
संघर्श गरीगरी वेदनाका साथ बाँच्नुपर्ने
उपहार दिउँ भने रित्ता छन मेरा हातहरु
खुशी दिउँ भनेपनि भरिएका छन आँखिहरु
मुस्कान दिउँ भनेपनि बन्द छन ओठहरु
हाँसो दिउँ भनेपनि झन गहिरा छन चोटहरु
अतितलाई सम्झिसम्झी दिन काट्नु पर्दोरैछ
कहिलेकाँही त अतितले मीठो आनन्द दिँदोरैछ
मन न हो चाहेरपनि बाँध्न नसकिने रैछ
अस्थिर भै हरपल यो मन बहकिने रैछ
आँखाभरी आसुँ लीई फोस्रो हांसो हाँस्नुपर्यो
बादलसरी उड्दै थिएं पानी भै खस्नुपर्यो
निर्दयी छैनन यी नयनहरु छुट्टिदांमा बिर्सिहाल्ने
स्वार्थी छैन नी यो हृदय नदेख्दामा भुलिहाल्ने
विछोडको घडीमा सम्झना नै प्यारो भयो
नदिसरी अविरल आसुँ बगी सागर बन्यो
फाटेको चित्तलाई अतितनै प्यारो बन्यो
मिलन त केवल क्षणिक रैछ विछोड नै त प्यारो बन्यो
चुनौती आउँछन हज्जारौं सामना गर्न सीक
सुख सधैं कहाँ पाईन्छ दु:खमा नी रमाउन सीक
घातप्रतिघात भैरहन्छ संघर्श गर्दै बाँच्न सीक
स्वार्थी छ नी यो दुनियाँ पिडा सहि हाँस्न सीक
चाहेर पनि टिप्न नसकिएका सुन्दर ती फूलहरु
निभ्दै निभ्दै जान थाले जलेका ती दियोहरु
किन आउथ्यो फर्किएर गएका ती दिनहरु
सम्झनाले सताइदिन्छ पिरोलिदिन्छ अतितले
आसुँ नै त साथ हुन्छ तड्पाइदिँदा मायाले
बर्षा लागे धर्तिमा नी बाढिपहिरो गैरहन्छ
संघर्शमय जीवन हो हाम्रो मिलन विछोड भैरहन्छ
आँखाभरी आसुँ भरिएपनि ओठमा मुस्कान छर्नैपर्ने
मुटुभरी माया भएनी विवशता छ् छुट्नैपर्ने
कस्तो रैछ मानवजीवन दु:खभित्र हास्नुपर्ने
संघर्श गरीगरी वेदनाका साथ बाँच्नुपर्ने
उपहार दिउँ भने रित्ता छन मेरा हातहरु
खुशी दिउँ भनेपनि भरिएका छन आँखिहरु
मुस्कान दिउँ भनेपनि बन्द छन ओठहरु
हाँसो दिउँ भनेपनि झन गहिरा छन चोटहरु
अतितलाई सम्झिसम्झी दिन काट्नु पर्दोरैछ
कहिलेकाँही त अतितले मीठो आनन्द दिँदोरैछ
मन न हो चाहेरपनि बाँध्न नसकिने रैछ
अस्थिर भै हरपल यो मन बहकिने रैछ
आँखाभरी आसुँ लीई फोस्रो हांसो हाँस्नुपर्यो
बादलसरी उड्दै थिएं पानी भै खस्नुपर्यो
निर्दयी छैनन यी नयनहरु छुट्टिदांमा बिर्सिहाल्ने
स्वार्थी छैन नी यो हृदय नदेख्दामा भुलिहाल्ने
विछोडको घडीमा सम्झना नै प्यारो भयो
नदिसरी अविरल आसुँ बगी सागर बन्यो
फाटेको चित्तलाई अतितनै प्यारो बन्यो
मिलन त केवल क्षणिक रैछ विछोड नै त प्यारो बन्यो
चुनौती आउँछन हज्जारौं सामना गर्न सीक
सुख सधैं कहाँ पाईन्छ दु:खमा नी रमाउन सीक
घातप्रतिघात भैरहन्छ संघर्श गर्दै बाँच्न सीक
स्वार्थी छ नी यो दुनियाँ पिडा सहि हाँस्न सीक
Subscribe to:
Posts (Atom)