फेरि पनि पाए हुन्थ्यो विगतका ती पलहरु
चाहेर पनि टिप्न नसकिएका सुन्दर ती फूलहरु
निभ्दै निभ्दै जान थाले जलेका ती दियोहरु
किन आउथ्यो फर्किएर गएका ती दिनहरु
सम्झनाले सताइदिन्छ पिरोलिदिन्छ अतितले
आसुँ नै त साथ हुन्छ तड्पाइदिँदा मायाले
बर्षा लागे धर्तिमा नी बाढिपहिरो गैरहन्छ
संघर्शमय जीवन हो हाम्रो मिलन विछोड भैरहन्छ
आँखाभरी आसुँ भरिएपनि ओठमा मुस्कान छर्नैपर्ने
मुटुभरी माया भएनी विवशता छ् छुट्नैपर्ने
कस्तो रैछ मानवजीवन दु:खभित्र हास्नुपर्ने
संघर्श गरीगरी वेदनाका साथ बाँच्नुपर्ने
उपहार दिउँ भने रित्ता छन मेरा हातहरु
खुशी दिउँ भनेपनि भरिएका छन आँखिहरु
मुस्कान दिउँ भनेपनि बन्द छन ओठहरु
हाँसो दिउँ भनेपनि झन गहिरा छन चोटहरु
अतितलाई सम्झिसम्झी दिन काट्नु पर्दोरैछ
कहिलेकाँही त अतितले मीठो आनन्द दिँदोरैछ
मन न हो चाहेरपनि बाँध्न नसकिने रैछ
अस्थिर भै हरपल यो मन बहकिने रैछ
आँखाभरी आसुँ लीई फोस्रो हांसो हाँस्नुपर्यो
बादलसरी उड्दै थिएं पानी भै खस्नुपर्यो
निर्दयी छैनन यी नयनहरु छुट्टिदांमा बिर्सिहाल्ने
स्वार्थी छैन नी यो हृदय नदेख्दामा भुलिहाल्ने
विछोडको घडीमा सम्झना नै प्यारो भयो
नदिसरी अविरल आसुँ बगी सागर बन्यो
फाटेको चित्तलाई अतितनै प्यारो बन्यो
मिलन त केवल क्षणिक रैछ विछोड नै त प्यारो बन्यो
चुनौती आउँछन हज्जारौं सामना गर्न सीक
सुख सधैं कहाँ पाईन्छ दु:खमा नी रमाउन सीक
घातप्रतिघात भैरहन्छ संघर्श गर्दै बाँच्न सीक
स्वार्थी छ नी यो दुनियाँ पिडा सहि हाँस्न सीक
No comments:
Post a Comment