Pages

Sunday, September 12, 2010

के लेख्छौ भाग्यमा, हाम्रै हात मा भाग्य हुन्छ,


के लेख्छौं भाग्यमा, हाम्रै हातमा कलम हुन्छ,

के लेख्छौं भाग्यमा,
हाम्रै हातमा कलम हुन्छ,
दुख्यो भने,बिसो पार्ने,
हाम्रै हातमा मलम हुन्छ !

कहाँ पुग्छौं यात्रामा,
हाम्रै पाउमा तय हुन्छ.
बाँच्न जाने जिन्दगि,
हर पलमा सय हुन्छ !

के देख्छौं संसारमा,
हाम्रै नजरको भर हुन्छ,
जान्यौं भने छुनलाई ,
आकास कहाँ पर हुन्छ!

के पाउछौं अन्त्यमा,
हाम्रै कर्मको फल हुन्छ,
मिल्यौं भने खडेरीमा,
खेतबारीमा जल हुन्छ !

के जित्छौं लडाईंमा
हाम्रै स्वार्थको राज हुन्छ
जित्यो अरुले भन्दैमा,
हाम्रो कहाँ हार हुन्छ !

के सोच्छौं मनमा,
हाम्रै बिचारको भार हुन्छ,
बुझ्यौं भने सत्यलाई,
अँधेरो आफै पार हुन्छ !

मन बगायो

जब जब शहरमा वर्षा हुन्छ..
बाछिटाले मन भिजाउछ!
भिजेको मन सुकाउन ,
एक चिम्टी घाम,
कत्ति प्यारो हुन्छ..!
त्यहि घाम पनि कहिले ,
बादलले छोपी दिन्छ,
पाहाडमा लुकी दिन्छ ..
गोधुली बनिदिन्छ..
अनि रात बन्दै कतै बिलाउछ!
अनि फेरी शहरमा वर्षा हुन्छ..
बाछिटाले मन भिजाउछ ..
भिजेको मन सुकाउन ,
पात झैँ रुखमा सुसेलिंछ ..
ऋतु बदलिन्छ ..
पात पहेलिन्छ..
सुक्छ..झर्छ ..
रुख रोक्न सक्दैन पातहरुलाई..
पातका साथहरुलाई ..
अनि फेरी शहरमा वर्षा हुन्छ ..
बाछिटाले मन भिजाउछ ..
पानी  बाटो बिराउदै
घर भित्र पस्छ
 बाढी पहिरो जान्छ
बाँध भत्किन्छ
खोला थाम्न सक्दैन पानीलाई
पानीका सीमालाई
अनि सारा   मनै  बगाउछ!
तेस्पछी  शहरमा वर्षा होइन
भयानक खडेरी लाग्छ !!

रक्क्तरोड


बन्दुकहरुले पट पट गीत पड़काउन थालेपछी
अश्रुग्यासबाट आँशुहरु बग्न थाल्छन !
ढुंगा मुढा र लाठीहरु बोकेर ताण्डब नृत्य गर्न थाले पछी
रगतहरु बाटो बनाउदै बग्न थाल्छन !
रंगमंचमा आवाजहरु स्वतन्त्र फुल्न थाले पछी
विचार बाट बिचारहरुले परिवर्तन खोज्न थाल्छन..
तछाड मछाड गर्दै आँखा चिम्लेर दौडिन थाले पछी ,
रगतहरु बाटो बनाउदै बग्न थाल्छन !
युद्दै युद्द्द बाट शान्ति खोज्न थाले पछी
लाश हरु गिड़ीन र गाडिन थाल्छन
जग भुलेर "मै खाउ मै लाउ" गर्न थाले पछी
रगतहरु बाटो बनाउदै बग्न थाल्छन !!

सम्झना/बिर्सन


सम्झे हुन्थ्यो भन्नेले बिर्से’कि पो कसो,
बिर्से हुन्थ्यो भन्नेले सम्झे’कि पो कसो!
पर्खी बस्छु भन्नेले बसाईं सरे’कि पो कसो,
बसाईं सरि जानेले बाटो हेरी बसे’कि पो कसो!
नरोई बसे भन्नेले माया मारे’कि पो कसो,
माया मारी जानेले  आँशु झारे’कि पो कसो!
ईतिहास पल्टाएर, कोहि टोलाए’कि  पो कसो,
टोलायर  मायाले मलाई बोलाए कि पो कसो? 
सम्झे हुन्थ्यो भन्नेले….

ढोका खुल्लै छ आए........ हुन्छ

ढोका खुल्लै छ ..आए हुन्छ,
भित्र म छु,
एक छिन सुस्ताए हुन्छ,
गीतहरु छन डायरीमा,
यसो पल्टाए हुन्छ ,
तस्बीरहरु आँखामा,
खेलाए हुन्छ,
बांसुरी छ छातीमा,
बजाए हुन्छ,
भित्र म छु..
एक छिन सुस्ताए हुन्छ!
थाकेकी हौली,
ज्यान एक छिन बिसाए हुन्छ..
भोक तिर्खा भए,
केही पकाए हुन्छ,
अप्ठेरो मान्नु पर्दैन,
अब मन फुकाए हुन्छ..
भित्र म छु…
आऊछौ भने आए हुन्छ,
नभए सुस्केराले बोलाए हुन्छ..
एउटा कुनै बिन्दुमा,
बिलाउन मन छ भने,
के सोची रा’की?
मायाको आगो,
जलाए हुन्छ..
पिरतीको पानीले
भिजाए हुन्छ..
भित्र म छु..
भित्र कतै अब,
हराए हुन्छ!

The Rat

There was once a rat, who thought that he must have none other than the king's daughter for his wife. So, he went to the king and proposed to wed the princess. Said the rat to the king, "You are the greatest one on earth."

The king, however, said: "Not me. The sun is mightier than I am."

So the rat went to the sun and said: "You are mightier than the king. Please give me your daughter in wedding."

"But the cloud is more powerful than me," said the sun.

The rat went to the cloud and said to him: "Please give me your daughter. You are mightier than the sun."

"I am not that powerful," said the cloud, "The wind pushes me around. He is stronger than me."

So, the rat went to the wind and said to him, "Please let me marry your daughter."

"No, I am not as strong as you think," said the wind, "Howsoever hard I blow I cannot take the grass away with me. The grass is, therefore, more powerful than me."

The rat went to the grass and asked for his daughter's hand.

But the grass said: "The rat burrows beneath me, cuts at my roots and kills me. I cannot stop him. The rat is more powerful than me."

The rat was now convinced more than ever that there was none greater on earth than a rat. So, he married a rat.

The Man Without A Care

Once a king on a hunt came to a clearing in a forest where he was enchanted by the peace that reigned there. In a little hut there dwelt an old man, who did not seem to have a care in the world. Then and there the king decided to return to the forest to learn from the hermit how to find happiness for himself.

Within a few days, the king indeed returned to the forest and lived there as a pupil to the old hermit. However, the king soon discovered that it was not as easy as he had imagined; he found that the old man did not let him sit idly nor did he teach him anything at all. All the day long he had something to do in the hermitage.

After some days, the king found it hard to stay in the forest. He then spoke to the hermit, "Please teach me how to be free and happy."

The hermit said, "Wait, you are still not fit to be taught."

And so it went on for some time.

Every time the king spoke to the hermit, he was told to wait.

One day the king lost his patience. When he went to the stream to fetch water, he just left the pot on the ground and went away.

The king had taken but a few steps when he heard a voice come from the water pot. It said, "Oh, King, are you running away from your task?"

The king was very surprised. He looked back and seeing no one, he walked on again.

But he heard the voice again, "You are bent on going away?"

The king retraced his steps. The voice from the pot said "Where are you going?"

The king made reply: "I am going back to my kingdom."

"Why?" asked the pot.

"I have come to learn from the hermit how I can be without a care in the world but he won't teach me. He told me that I am not yet fit to learn. So I am going back."

Said the pot: "It is very difficult to learn anything at all. You may suffer your whole life and yet you may not learn anything. It may even cost your life. I have suffered much myself, yet I have remained ignorant."

"How was it?" asked the king.

"Well, it is a long story," said the pot, "I was living in a forest by myself. One day a man came with a spade and dug me out and took me with him to his home. There he poured water over me, trampled upon me and kneaded me into a dough. How much I suffered then!

" The man then took me to a shed where lay a potter's wheel. He made me into a ball and put me on the wheel until felt giddy. When I came out of the potter's wheel, I thought that my suffering was over. But the man beat me all over with a wooden mallet and put me inside a burning inferno. All of this required great fortitude.

"The next thing the man did was to take me to a shop and leave me there among many other pots just like myself. The other pots must have suffered just like me and I got some solace from the thought that I was not alone. I was full of pity for the other pots.

"In the potter's shop people often stopped and thumped me to see if there was a crack in me. I was surprised that an intelligent creature like man should be indifferent to the suffering of others. I began to hate all men. One day a man came, beat me a couple of times, paid for me and brought me along with him. Then, he gave me to the hermit, and from then on my suffering has come to an end.

"Know, Oh, King, wisdom is difficult to acquire. You have to have pati

Thursday, September 9, 2010

बेमौसमको बाजा


शरद्मा सयपत्री
फुल्न मान्दैन
बाँसुरीको धुन
जति मीठो भए पनि
बाँदर कहिल्यै
नाच्न जान्दैन
कोइलीको मीठो गीत
शिशिरमा सुन्न सकिन्न ।

हावा चलिरहेछ जोडले
टुकी बाल्ने प्रयास -
बाढी छ ठूलो
बगाउँछ यसले
माछा मार्ने कोसिस -
काग म गीत गाउँछु
भन्छ रे
बाघले घाँस खान
थाल्यो भन्दै

उर्लेका छन
एक हुल हल्काहरु
भेडा पनि ठूलो
विद्वान् बन्दैछ रे
हावा उल्टो बहेको
हल्ला छ सहरभरि
सूर्य पश्चिमबाट उदाएको
चर्चा छ गाउँभरि
हल्लैहल्लाको बजारमा
बेमौसमका बाजाहरु
बज्दैछन् ।
बेमौसमका बाजाहरु
चाहानाको सीमाभित्र
अटेका छैनन्
बाजाहरुबाट निस्केका
धुनहरु कर्णपृय
लाग्दैनन् मानिसलाई
कोलाहलमय छ
बाजाको धुन
तैपनि
घन्किरहेका छन्
बेमौसमका बाजाहरु ।

भोक


उम्रनै छाडे
काक्रा-फर्सी
करेसाबारीमा
बादल लागेको बिहानीमा
खोतलीरह्यो बीउहरु
भँगेराले र छोर्डाई रह्यो साँझमा
बियाहरु
मुसाले
यसपाली पनि
अङ्कुराएका बीऊहरु
निमोठी-निमोठी खाँदैछन्
रातमा बनबिरालाहरु
बूढो लाहुरे
पेन्सिनको सियोले सिउँदै छ भोक
युवक छोराहरु
र्सकसका घोडाहरुझैँ
हुइँकिरहेछन् जिन्दगीको सडकमा
अनौठा कुरा गर्छन्
विद्यार्थीहरु लाज मान्ने विद्यार्थी
निधक्क सुनाउँछ
बायो-केमिष्ट्रिको अन्तरङ्ग प्रेमकथा
करेसाबारीमा झरेका
अनौठा फल
अब्दुल कलामहरु
अनुसन्धान गरिरहेछन्
अझै पनि
करेसाबारीमा
रुँदैछिन् उसैगरी
हिरोसिमाकी घाइते वृद्धा ।

एउटी सानी केटीको कथा


देख्यौ तिमीले
आफुभन्दा दुगुना ठूलो भारी बोकेर
उँभो लाग्दै गरेकी
सानी केटी ?
सानो निधारमा उसको
नाम्लोको इन्द्रेणी रङ् कोरिएको छ
सानो पिठ्युँमा उसको
भारीको पहाड अग्लिएको छ,
बेस्याहारले धुस्रे-फुस्रे शरीरभरि
थाप्दै घरि घाम घरि पानी
उमेरभन्दा पाको अनुहारकी देखिन्छे
कठोर छ ढुङ्गेनी बाटो
बाउको मातेका अनुहारका आँखा र घोप्टे जुँगाजस्तै,
फुटेका नाङ्गा पैतालामा बिझउँछ बाटो
आमाको रोगी अनुहारमुन्तिरको भाइबैनीका नाङ्गा करङ्जस्तै,
घरि छिर्के आउँदा तातो भातको सपनाले
धरि गिज्याउँदा त...ल स्कुलको गाइँगुइँले
हृदयबाट हामफालेर एउटा तरङ्ग
वेगमार्छ स्कुल
फाँटतिर (बाउले बेची सिध्याएको खेत खोज्दै)
तर टालो हालेको घाँघरजस्तै
तह नमिलेको वर्तमानमा
नअट्दा कल्पनाका लहरहरु
खिन्न खिन्न
नीलो पसिनाले मेट्दै आफ्ना पैतालाका डोबहरु
उक्लदै छे जीवनको उकालो
देख्यौ कि तिमीले
रहरहरु कच्याककुचुक पारेर
भरेको डोकोमा
बाध्यता खेप्ने,
सपनाले डामेका पीरा आँखामा
अमिलो वर्तमान सकिनसकी बाकेर
फुल्दै अनि झर्दै
दुख्दै अनि पिल्सिँदै
जिन्दगीको उकालो लार्ग्द गरेकी
एउटी सानी दुःखी केटी !

बा र बादशाह


बाको खाट भाँचियो
दलिनमा धुवाँका पत्र थपिए
बाको आफ्नै मुहारमा पनि
मुजैमुजा चाउरी भित्रिए
बाले 'खेताला' भन्ने गरेका दाँतहरु बाहिरिए
समयले लामो फड्का मार्दा पनि
बाको कोठामा नबदलिएको एउटै दृश्य
बादशाहको तश्वीर
उस्तै पिरो, उस्तै चिल्लो र कान्तिमय

आस्थाको संझयालमा सजाएको
वादशाहको तश्वीरलाई
पूजा र दन्डवत गर्दै
बाले भन्नुभयो-
'भगवान्, साक्षत भगवान् !'
दैत्य बध गर्ने भगवान्
निमुखाका सहारा
सिर्जना र संहारका एक मात्रर् इष्टदेव
'त्वम् शरणम्'

खेतबारी बाँझै भए पनि
बाले तिरो तिर्न आनाकानी गर्नुभएन
बालाई सडकको संसार थाहा भएन
वाद, जिन्दावाद, मुर्दावाद केही थाहा भएन
बा बरु भोकै बस्नुभयो
फाटेकै लुगामा रमाउनुभयो
तर देशसँग भत्ता माग्नुभएन
सत्ताको स्वाद थाहा पाउनुभएन
राजतन्त्र जान्नुभएन
लोकतन्त्र बुझ्नुभएन
तर वादशाहप्रति सदा श्रद्धावान रहनुभयो
सम्राटको संहारमा
सूर्य निभेसरी उदासिनुभयो
हिमाल ढलेसरी विरक्तिनुभयो

बाले औंला खियाइरहनुभयो
पाखुरी बजारिरहनुभयो
तर घेरा फाटेको टोपी फेरिएन
मुहारमा मुजा रोकिएन
कुर्कुच्चामा चिरा पुरिएन
प्रिय वादशाहलाई बाले
श्रद्धाका फूल चढाइरहनुभयो
तिमी नेपोलियन
तिमी भिक्टोरिया
तिमी एलिजावेथ
तिमी हिरोहितो
भुमिबोल अदुल्यादेज
जनताका सेवक
मान्छेहरुका नायक
दस औंला जोडेर बाले
कोटीकोटी नमस्कार गर्नुभयो नरेशलाई
यद्यपि बा दुब्लाउँदै जानुभयो
देश टाक्सिंदै गयो
ऋणले टुपीसम्म डुब्दा पनि
बाले राजप्रासादलाई खर्च दिइरहनुभयो

गाउँहरु ह्वारह्वारती जले
अनिकालले हाहाकार मच्चियो
निर्दोष छोराहरु ढले
छोरीहरु आँखै अगाडि बलात्कृत भए
भोका नानीहरुको रुवाबासी भयो
उता नीरोको विरासद थेग्न
नरेश मग्न थिए बाँसुरीमा
भोजमा, अभिनन्दनमा

अब बाको धैर्य थेग्न
कुनै बाँधहरु तयार थिएनन्
बाको आक्रोस रोक्न कुनै साँधसिमाना कोरिएनन्
आस्थाको संझयालबाट थुतेर
बादशाहको तश्वीर
नालीमा पछार्नुभयो
र मुठ्ठी कस्दै बाले भन्नुभयो-
'म जनता हुँ'

चोखा भाव सधैँ पुजिन्छ


चोखा भाव सधैँ पुजिन्छ जगमा मान्छे नजान्ने छ र ?
पानी अमृत मान्दछौँ सकलले चोखै हुदाँ हैन  र ?
चोखा छन् कृति सृष्टिका प्रकृतिका माटो र ढुङ्गा पनि
चोखा बालकका विचार रसिला मानिन्छ जैले पनि  ।

चोखा छन् घर गोठ वा चउर यी रारा र रानी वन
चोखा छन् हिम ताल पर्बत चुली चोखा कला जीवन
चोखा खेत किसानका हृदयले लेखेर रोपेसरि
चोखा घाम विहानका हृदयनै पस्केर राखेसरि ।

चोखा त्याग शहीदका शरदका उद्यानझैँ मग्मग
चोखा राग बसन्तका कुहुकुहू गाना धरा जग्मग
चोखा निर्मल रम्य भव्य रसिला बैशाखका पालुवा
चोखा शान्त समुद्र वा नदनदी चोखो धुलो वालुवा ।

चोखा बुद्ध प्रबुद्ध हार युगका नौलाख तारासरि
चोखा युद्ध स्वतन्त्र गर्न जननी खुल्दो सितारासरि
चोखो ज्ञान महान दिव्य विजुली फाल्ने अध्याँरोपन
चोखो बारुद शक्तिशान जगमा चोखा भए भावना ।

चोखो प्रेम र स्नेह स्वच्छ दिलको चोखै छ जूठो पनि
चोखो गड्गड भेल मृत्यु पनि हो चोखै छ कालै पनि
चोखो रात भए सफा दिल सुधा चोखै छ गल्ती पनि
चोखो भाव भए सबै जगत यो भेटिन्छ चोखो बनी ।

रात ढलेपछि


योविधि मान्छेका
यति धेरै हातहरु
बनकरका पुच्छर
लखरलखर हल्लिइरहेको देखेर
दिनहरु वेदना छटपटाउँदै रुन्छन्
आफ्नो पुर्पुरो बिर्सेरे।

मुहानले गति लियो भने
बेगलाई कसैले छेक्न सक्दैन
अहो चन्द्र मुहार मेरी मञ्जरी भन्छिन्
के यी काँडाहरुका बीचमा फुल्न सकिन्न ?

यो हुरीले बारम्बार मलाई
चुचुरोमा चङ्गा उडाउन उल्क्याउँछ
कसरी म आफैं गर्वान्वित शिखर कुल्चेर
आफ्नै आँसुको पैरो खप्न
सहर्षपञ्जापत्र गर्न सक्छु र ?

धाइराका दर्बिला पाइला उभिएर
पोल्टाभरि बैंशालु हिमाल हाँसिरहन्छ मन
र रत्यौली रातका
गोधुली साँझहरु
हृदय सारंगी भिरेर
मारुनी पुरुसुंगे नाचिरहन्छन् हरदिन ।

अहा स्वप्निल सम्भावनाहरु
उज्यालिंदै आइरहेका छन्
यी पीडाका पर्खालहरु भत्किनेछन् एकदिन
र रातहरु ढलेपछि
बिहानलाई कसैले छेक्न सक्दैन बारम्बार ।


जीवनवाद

म मानस बगेर
विवेक छिचोलेर
अन्योलमाथि स्पस्टताभित्र
अर्को यस्तै
अविस्मरणीय कौतुहलताभित्र
आजतक गन्तव्यभरि
मेरो सव्यताको विवेक हिंडेर
एउटा अचम्म धनीभूत
विचित्रता हेरिरहेको छु
केवल तिमीमा, तिमी नै र तिमीभित्र
आँखाको अनन्तताभित्र
अतीत र भविस्य
व्यथाको सागर
मध्यमार्गमा किमार्थ पनि
त्यसै निर्रथक त बगेन
बग्यो भने बग्यो होला
कि त विछोडको दहनले
माटो र आस्थासंग
जीवन र जीवनसंग
मलाई पस्चताप छ
ती अँशुको मूल्य
मेरो मूल्याङ्कनमा
अपूर्ण परायण छ
यद्यपि
मेरो आफ्नो जीवन कंही
अस्तित्वभित्र
जीवनवाद नियाली रहन्छ
आँशुका मूल्यहरु

Tuesday, September 7, 2010

गाउँको खबर


ओजोनप्रस्तरको कलिलो अञ्जुलीबाट चुहेर
सूर्यवीर्य धरतीको कोमल गुप्ताङ्गमा पसेको छ
र गाउँमा हुर्केको छ
महा-खडेरीको बोली ।
शहरका गगनचुम्बी अट्टालिकाबाट निस्किएको छ
‘कालकुट’ विष ।
फैलिएको छ गाउँमा संत्रास/संकट
हसरिशन्द्र छ गाउँ शून्य हात ।

शून्य हात लिएर गाउँ
शहर पस्न थाल्यो र खोज्न थाल्यो इन्टरनेटको महाकाशमा
आफ्नो ‘पुरननोवा’ अस्तित्व ।
रिक्थमा पाएको त्यो हरियो वैभव
कंक्रिटको धुलोसँग साट्न हुँदैन सुदामा।
चराले सुनाउँथ्यो गीत ।
गाउँदेखि चराहरु कहाँ गए?
गाउँले पठाएका एसएमएस पाउँछन् ती चराहरूले?

समयको मोबाइल फोन पढिरहन्छु
हरपल/हरक्षण गाउँले पठाएका
एसएमएसहरू…
रूख/फूल/नदी/अन्नबाली—सबै छैनन् गाउँमा ।

बगेर आएको त्यो तप्त साइवरनेटिक नदीमा
खुट्टा चोबलेर गाउँका भुकुल्ले ठिटाहरू
भाइरसयुक्त राग आलापिरहेछन्
सभ्यता/शताब्दीको कुरुप बेला रेटेर।

‘गाउँ डब्लु डब्लु डटकम’मा हेर्छु
मेरो बाजेको गाउँ ।

टिस्टा बगरमा रोडा कुट्ने तरूणीहरूका बैँस


भिरालो
चट्टानमा उभेर
पहेँलो वैशाखलाई
शिरमा सिउरिने सालको रुकसित
जल्छन् टिस्टा बगरमा रोडा कुट्ने तरुणीहारू,
“त्यो बैँस र यो बैँस—
प्वाँक छ दुवैको मनमा
भीरमा फुल्ने फूललाई तर कसले सक्छ छुन…”
गाउँछन् सालका रुखहरु
तरूणीतिर चुल्ठो फर्काएर।

तरूणहरू भने
कुच्याउँछन् रिसले
आप्नै कोमल—नरम औँलाहरू
च्यात्छन्
आँखाको पातुलो फेरलाई
फ्याँक्छन् नाडीबाट फुकालेर
हथकडी जस्ता बाईँहरू
टोक्छन् जून कारका ओँठहरु
निलो टिस्टा प्रतिबिम्बित आ-आफ्ना अनुहारलाई
थुक्छन्
अनि, सँधैँ पोल्ने घामलाई कुच्याएर
छाया दिने कालो छाताभित्र घुसार्छन्।

सालका फूलहरू कराउँछन्—
‘तरूणी हो,
किन बोक्छौ काँधमा यसरी
बत्तीमा मर्ने पुतलीको लाशलाई,
त्यो प्राचीन भ्रमलाई
यो निरर्थक आवेगलाई
सँधैँभर!’

कुनै देश मेरो भएन


तिमी फैलिएर के गर्नु
न तिमी, तिमी नै रह्यौ
त्यही परिवेशको भयौ तिमी
तर के त्यो परिवेश तिम्रो भयो र?
तिमीले छरिएर के गर्नु
महासमरहरूभरि
जुन समर तिम्रो थिएन
तिमी, मात्र मासु र रगतको भोग थियौ ।
जो कसैले टिपेर घुइँक्याउने
एउटा घुएँत्रो
एउटा हतियार
जसको न जात हुन्छ
जसको न देस हुन्छ
जसको न कुनै भविष्य
न आफ्नो परिवेश हुन्छ
जो न फेरि चट्टान हो
वा पहाड हो
त्यो रोडा-ढुङ्गाको थुप्रो हो
एक्लो-एक्लो, छुट्टाछुट्टै
एक उप-पदार्थ हो
जसले आफ्नो माटोमा उभेर
मौसमका फूलहरू फुलाउँदैनन्
झरी र बादल पिएर
झरना-खोला बगाउँदैनन्
जसले जान्दैन महान बन्नु के हो ।
समुहिक आर्तनादमा
विद्रोहको चुली बन्नु के हो
त्यसै अलपत्र पत्थर जसत्
बोटबाट चुँडिमाग्ने फूल जसत्
जसले कहिले सिको गरेन
थुँगा-थुँगा उनिएर
विजयको पुष्पहार बन्नु के हो
जो दलालीको हातद्वारा बिकेर
जो कोहीको गमलामा सज्नु जान्छ
जो सकैको घचेटाइ भर
एकछिनको वेग हुन्छ
जो कसैको हिर्काइ भर
एक अन्धा प्रहार हुन्छ

तिमीले यो पनि सोच्नुपर्ने
तिम्रो धारिलोपनले आफ्नो पनि रक्षा पर्नुपर्छ
तिमी आफ्नै हतियार हौ
तिम्रो सुगन्धले आफ्नो घर महकिनुपर्छ
तिम्रो आफ्नै श्रमको पुष्प हौ
तिम्रो विश्व विजयले आफ्नो एउटा गाउँ बनिनुपर्छ
तिमी वीरताको रुप हौ
तिम्रो लोकगीतहरु यहीँ हौसिनुपर्छ
तिमी यहीँको गीतांगे हौ
छ, तिम्रो एउटा दुस्साहसी इतिहास छ
जो, त्य तन्देरी शहरको छातीभित्र दुक्छ
तिम्रो लोक कथामा यहाँको बस्ती-बाँचेको छ
जो, यो बैँसालु शहरको मुटुभित्र रुन्छ ।


हामीले आकाश मागेको होइनौँ


हामीले आकाश मागेका होइनौँ
हामीले वतास मागेका होइनौँ
थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको
हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
हामीले त हाम्रो आँसु माग्यौँ,
बाबु-बाजेका करङ्ग र मासु माग्यौँ
सानो कुरा होइन यो (ठाउँ)
दार्जीलिङ दार्जीलिङ ।

उजेली पनि लग्यो, अँधेरो पनि लग्यो
पानी पनि लग्यो, पँधेरो पनि लग्यो
हाम्रो जिन्दगीको टुक्रा टुक्रा लग्यो
हाम्रो रुखको बोक्रा बोक्रा लग्यो
बिक्री गर्यो  हाम्रो टिकाहरू
त्यही हो यदि यो शासनभने
तिम्रो नै सिंहासन भने, हामी बस्दैनौँ, तर खस्दैनौँ
एक सोर, एक माग हाम्रो गर्खाल्याण्ड
कसले लग्यो हाम्रो सुन?
ताँदीदेखिको, कसले लुट्यो चन्द्रहार चाँदीको
रूने आँखा पनि छैन, अब
न चाँप छ, न गुराँस, न एउटा चोखो बाँस
हाम्रो चौतारीमा घाम लाग्दा अरू बसेको हेर
हाम्रो आँगनमा फूल फुल्दा अरूले टिपेको हेर ।

मेरो शब्द (?)


फूलको पराग यौटा अक्षर पाएँ।
एक छेस्का ढुंगा र एक चिम्टी माटो पनि मेरो हातमा आएर
अक्षरहरञ नै भइदिए । अनि यी अक्षरहरूलाई
एक थोपा पसिना र एक थोपा आँसुले मुछेर
    यौटा शब्दको आकृति दिएँ
    र मेरो सासको गन्ध हालेर
    मेरो स्वरको तरङ्गसित छोडिदिएँ।

मबाट छुटेपछि, त्यो शब्द पूरै डुलन्ते भयो।
जता गयो त्यतैको भयो। जोसित बस्यो उसैको भयो।
तर अडिएर कतै बस्न सकेन।
अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि
त्यसले मात्रै चिन्छ मलाई। म राम्ररी चिन्दिनँ त्यसलाई।
त्यसले कहिलेकाहीँ बेलाउँछ मलाई। तर त्यसको स्वर
निकै भिन्दै भएको छ। भिन्दै भइरहन्छ।

एक पल्ट सोधेँ त्यसलाई—
"तँ किन यसरी बदलिरहन्छस् हँ, मेरो शब्द?"
त्यसले ठाडै जवाब दियो—
"अरे! तिमी चैँ किन बदलिन चाहन्नौ?
के तिमीले आफूलाई कहिले नबदलिने भगवान सम्झेको?
बदलिरहनुमा आनन्द छ। बदलिरहनुमा त
गति छ अनि जीवन छ। बुझ्यौ?"


फेरि, दार्जिलिङ


सपनाका साना रंगहरू समेत,
लाग्छ, मेरो होइनन्।
अभावका अज्ञात पदचापहरू/ठूलो
बजेर
भित्र अन्तरमा कतै
भयभीत छु म
सशङ्कित छु म
आगत/अनागत सम्झिरहेछु/आफैलाई
बिस्कुन ओछ्याएर
अघिल्तिर।

सन्चो नभएको धेरै भो
कुशलता सोध्ने/आफन्तहरू
पनि छैनन्।
राजपाटदेखि धेरै टाढा कतै
समुद्र्को बन्धनले बाँधिएको
विरानो टापूमा/अनायासै
ब्यूँझिएको अज्ञात राजकुमार जस्तो
छक्क परिरहेको छु म;
सपना विपनाको दोभानमा
आफूलाई चिमोट्दै
निदाएको/ब्यूँझेको/छुट्याउँन
खोजिरहेको म।

हिजआज बिसन्चो छु।
अदृश्य चोटहरू/दुखेको छु।
म।
अगणित अपमान नीलडाम/सहेको छु
म।
अनेकपल्ट मर्दै-बौरिँदै बाँचेको छु
म।
शिरनत छन् आज मेरै समक्ष
धृतराष्ट्रका आँखा भएका
विज्ञहरू-
अवगत सबै भएर पनि
नहेरेको मात्र द्रौपदीलाई!

मेरा प्रियहरूका बाहुबलले
रक्षित हुनसकूँ फेरि
म।
पाखा पखेरा
चाँप-गुराँसले हाँस्नसकूँ फेरि
म।
हिमालको मुकुटमा
चम्किनसकूँ फेरि
म।
कतै
सुप्त-ज्वालामुखी
फुट्छ कि भनेर
चियाउँनु भएको
म।
निद्राले बोझिल छन्/आँखाहरू।
सपना पर्खनुछ
बिहान पर्खनुछ
एउटा रातो घाम
पर्खनुछ।


यी शब्दहरू: यी हरफहरू

उदांगो आकाश साक्षी छ।
टण्टलापुर घाम साक्षी छ।
यी शब्दहरूलाई मैले
शून्यबाट ओकलेर निकालेको होइन।
यिनीहरूलाई मैले,
शहरका ठूलाठूला राजमार्गका
दायाँ र बायाँ पेटीबाट
मध्यान्हको भाभरमा छटपटाउँदै गर्दा उठाएर ल्याएको हुँ।
हावामा मुठ्ठी घुमाएर उप्जाएको होइन मेले यी हरफहरूलाई।
यिनीहरूलाई मैले
बन र बेँसी
कान्ला र भीरबाट
पैह्रोमा पुरिँदै गर्दा उचालेर ल्याएको हूँ।
झूट लाग्नसक्छन् तिमीलाई यी शब्दहरु
स्टेशनका चटके जस्तै।
फटाहा र जाली देखिनसक्छन् यी हरफहरू,
तर ठूलो रेललाई
मसिना लिकले थामेको सत्य हो।
लिकलाई असंख्य रोडाले काँध हालेको झन सत्य हो।
नबुझ्नू यो कविता।
नसुन्नू मेरो कुरा।
तर जंगलका यी अग्ला सलक्की रुखलाई लाहाँचेले ठुँगेको सत्य हो।
नत्र किन बासिरहन्थ्यो न्याहुल;
न्याहुल त्यसरी एकतारे बासिरहनु झन सत्य हो।

ईश्वरसम्म पुग्ने बाटो


मसँग एउटा पीडा छ
हुन सक्छ
अरूसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

तर अचम्म
यो कस्सैसँग मिल्दैन।

दुनियाँमा अनिकालको रगरगी छ
राहत अभियानमा जुटेका कैयौँ अक्षरहरूसँग
मिल्दैन यो।
खडेरीको घाममा निस्केर जिन्दगीको
अतिभौतिक व्याख्या गर्नेसँग पनि मिल्दैन।

यो त
बेग्लै तर अति सामान्य भएर
हावामा बिलिन्छ र
मान्छेको सासमा बस्छ-थाहै नपाई।
अत्यन्त तिक्खर र क्खुर भएर
रीमा मिल्छ।

एउटा वेदना छ मसँग
हुनसक्छ
अरूको प्रणयसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

मान्छेको सासको जिउँदो गन्ध
मान्छेको प्राणको तातो स्वरले
यो पीडालाईयो वेदनालाई
मोहक आनन्द दिन्छ, दिइरहन्छ।

मभित्र एउटा करूणा छ
हम्मेसी डाँको छोडेर रुन खोज्ने
आँसुको पारदर्शी तरलतामा भिजेर
चोखो भइरहने।
हुनसक्छ
ईश्वरसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

महाकाल डाँडा


यो चाहिँ हो महाकाल डाँडा,
महाकाल बाबा!
अंग्रेजहरूको अवशिष्ट
अब्जर्भेटरी!!

यहाँ सानेको आमा माग्न बस्छिन्
आफ्नो समयको समृद्द इतिहास च्याङले भइसक्यो,
उनी बुढेसकालको यो कहर बाँच्छिन्।
सानो कालखण्ड थप्छिन् बज्यै
महाकाल।
(चियाकमानमा पत्ती टिप्थिन्
चार छोरा, चार छोरीकी आमा
जुवाइँ चेला, छोरी बुहारीकी धनी उनी
आज दरिद्री भइन्)
छेउमा एक जोडा गाइने गीत बेच्छ
'यिनारले हामीलाई लाजै बनायो'
दुइटा ठिटो देखिन्छ।

नबिक्दा मनको बह
गिताङ्गे डाँडातिर हेर्छन् ती गन्धर्व।

यो महाकालको ओडार हो
समयको सुरुङ।

पदचिन्ह


अभिप्साको रेतिलो खडेरी
मेरो मूर्च्छनाको चित्रबस्ती
मौन अनि नि:शब्द ।

आखिर,
तिमी आयौ
अनवरत मरूभूमि पार गर्दै
परन्तु कसैको निम्ती

हृदयग्राही तिम्रो तृष्णाका केही बूँद
ग्रहण गर्न पाउँ
तिम्रो जीवनको केही थोपाहरू
यो बञ्जर छाती भिजाउँन पाउँ
अनि पाउँ
मेरो नग्नतालाई ढाक्न
मात्र हत्केलाभरिको वस्त्र ।

यद्यपि
म अञ्जान होइन
तिमी स्वयम् पनि मरुभूमिमा छौ
मसम्म पुग्नलाई
तिमी सुस्त-सुस्त कदम बढाऊ यतातिर
खडेरीका प्रखरहरू टेक्दै
नजिक
मेरो हृदय नजिक ।
त्यो जीवजल
क्लान्त तिम्रो उच्छवासबाट अनायासै निचोरिएर
    बञ्जर छातीमा
    केही दबेको नाभि हुँदै
    योनाङ्गसम्म अनि
उर्वर भइदिन्छ रेगिस्तान ।

अभीप्साको रेतिलो खडेरी
ए! मेरो मूर्च्छनाको चित्रबस्ती
यसक्षण मलाई तिम्रो मौनता र नि:शब्दताबाट
उठेर एउटा जवानी बाँच्न देऊ।

त्रासदी त्रासदी त्रासदी


आज भर्जिनियाको समाचार-सारांश छ:
अमेरिकाको एक युनिभर्सिटीमा दक्षिण-कोरियाली विक्षिप्त छात्रद्वारा फायर गरिँदा तिस मृतकहरूमध्ये भारतीय मूलका शिक्षक र छात्राको मृत्यु ।

कम्युनिष्ट मेनिफेष्टो काखि च्यापेर
सुदामा

इतिहासमा आफ्नो नाम हाइलाइट गरेर
हातमा स्केचपेन खेलाउँदै फर्केको स्वाभिमानी
राजा पुरुहरू
यो कालको बङ्करमा बसेर
आफ्नो प्राप्तिको एक्सरे-प्लेट हेरिरहेछन्
अनि च्यापिएको अरण्यकान्डले बेरेर
पिज्जा निलिरहेछन् ।

यो सहस्राब्दीले
मुखमा
बन्दुकको सिग्रेट झोसेर
मृत्युको धुवाँ फुकिरहेछ ।

शान्तिले आफ्नो कालो बुट सडकछेऊको कलिलो बालकलाई पालिस गर्न लाउँछ । विद्रोह पनि आदिवासी बालिकाले ढकढकाएको यौवनको दैलोमा ठूलो ताला भाषणको निम्ती स्क्रिप्ट तयार गर्दै तातो चियाको तलतल मेट्न चाहान्छ । काठे गुडियाको अनुहार भावशून्य रहिरहन्छ । पोस्टरका परेवाहरु चल्मलाउँदैनन् ।
मायाको दस्तावेजसित
एन्थ्र्या्क्स जान्छ दाह्राको एम्बुस बोकेर
अनि
सिनो गन्हाउँछ लाश बोकेर
इराकबाट
आउँछ
एयरपोर्टमा एउटा त्रासदी ।

भिडियो गेमको पर्दाबाट
कुनै बालकलाई
काउण्टर स्ट्राइकले
आधुनिकतम पिस्तोल थमाउँदै
बीभत्सरसको तातो जुस पिलाइरहेछ ।
स्कुलबाट
खेतबारीहरूबाट
थुर्रिएको गोलीको आवाजले
हावालाई मृत्युमय
रङ्ग दिएकोछ ।

जलेको बस
रगत पोतिएको सडक
चप्पलहरू र आरडीएक्स
फुटेको मादल र टीएनटी
कारगिल र सताइस जुलाई
११ सितम्बर
कलिङ्गसितै शहीद अशोक ।


निर्माणको गीत


यी एकनास एकाकार लमतन्न सुतेका खेतका गराहरू
तिम्रा-हाम्रा शरीरका रक्त धमनीहरू हन्-जिउँदा जिउँदा
यी खेतका गराहरू, बारीका कान्लाहरू फुल्दा-
देशहरू फुल्छन्-शुभ्र अकिंचन!
किसानको हलो र कुट्टेहरूबाट सँधै सँधै अजस्र-
अनन्त, शाश्वत अजम्बरी स्वरहरु गीतका
सुन्ने गर्दछौं – धरतीभरि, आकाशभरि-दूरदिगन्त, यसरी
गङ्गा, ह्रम्हपुत्र र सिन्धु बग्ने देशमा हामी
आऊ, एकपल्ट फेरि बाली लगाऔँ यहाँ
समयको गतिशीलता र कर्तव्यलाई कर्म भनौँ
आऊ, आऊ यहाँ एकपल्ट फेरि यो देस निर्माण गरौँ ।
उद्यमी हातहरूलाई नदीका लक्ष्यहरुलाई भाग्य भनौँ ।
सुस्ताएको बेला तिमी, लोलाएको बेला तिमी चिसो समीरले
स्पर्श गरे तिमीलाई-त्यो यही देशको हुनुपर्छ;
शस्य श्यामल त्य यही देसको हुनुपर्छ;
जहाँ गएर टेकेर पनि यी खुट्टाहरूले-
शस्य श्यामल त्यो यही देशको धरती हुनुपर्छ,
प्रत्येक गाउँ, प्रत्येक शहरको विश्वास नै-
यो देशको गौरव हुनसक्छ, त्यह देश हाम्रो हुनुपर्छ;
आऊ खियाऊ एकपल्ट यी हातका नंङ्ग्राहरू
निर्माण गीत गौँ-एक पल्ट फेरि आऊ ।

हिउँदमा सिक्रिएका रुखहरू वसन्तमा नयाँ बन्दछन्
पूर्वको रातको घामले सँधै सँधै बिहान जन्माउँदछ
हामीहरु संशोधित नभई हुँदैन एउटा शुरू जस्तो
रातो गुराँस जस्तो पहाडरि-
बिहानको आकाश जस्तो कर्नभरि ढकमक्क भई फुल्न सक्नुपर्छ
एउटा माटो, एउटा अस्तित्व एउटा स्थापनाको निम्ति
गङ्गा, ब्रह्मपुत्र र सिन्दु बग्ने देसमा हामी
आऊ सिंचन गरौँ फेरि यो देशलाई एकपल्ट
कर्महरुले, समूह उत्सर्ग-
'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।'


जिन्दगी अनेक रङ्गहरूमा


जिन्दगीलाई कुन रङ्गमा ढालुँ?
जिन्दगीलाई कुन अर्थमा मानुँ?
कहिले चहुने भएर रित्तो भई बज्दछ जिन्दगी
कहिले बेसी भएर भाँडाबाट पोखिन खोज्दछ जिन्दगी
कहिले चञ्चल बतास भएर उडान भर्न चाहान्छ जिन्दगी
कहिले चुचाप निश्चल दह भई एकै ठाउँ जम्नखोज्छ जिन्दगी
कहिले विक्रमादित्यको सिंहासनको खोजीमा पराजित भएर
            सर्वत्र कहालिहिँड्ने मन गर्छ जिन्दगी
कहिले हिरोशिमाको नील पल्टेको भूमिमा दुबो भई
            पलाउने मन गर्छ जिन्दगी
कहिले मर्यादा र आदर्शको प्रश्नचिन्हमा चुनौती बन्छ जिन्दगी
कहिले महँगाइको भाउ भएर त्यसै तर्सिदिन्छ जिन्दगी
जिन्दगीलाई म कुन दृष्टान्तमा सजाउँ?
जिन्दगीलाई म कुन उद्वेगमा समाउँ?
कहिले फुर्सदको अभिशप्त घडीभित्र निस्सार लाग्छ जिन्दगी
कहिले हतारको आँधीभित्र आफ्नोसित पराई हुन्छ जिन्दगी
कहिले एकैक्षण रमाउन निकै इन्तजार गर्छ जिन्दगी
कहिले रातमा कसैको याद बनेर गालाबाट बगिदिन्छ जिन्दगी!


ईश्वर तिम्रो शोकगीत


ईश्वर आफै छक्क परिरहेको थियो
अनावृत रूपको कथामा
कि युगौँदेखि प्रार्थनाहरूको बेहिसाब विलाप सुनेर पनि
ती मूर्ती र चित्रहरुमा पसेर नबोलिदिनु
कति गल्ती भएछ उसको

सम्पति र धर्मलाई शक्तिको इन्द्रजालमा
रुपान्तरण गर्नसक्नेले नै
उसको अवतारको फेटा गुँथेर
चुपचाप उसकै मृत्युको उत्सव माइरहेका थिए
आफ्नो इन्द्रियहरूको शक्तिबाट निरस्त भ्रम पनि
'भाग्य' र 'चमत्कार' को शेयर बजारमा
उचाइको ग्राफ छुन लम्किरहेको थियो

बजारको उतार-चढाउ चिन्ने भक्तहरू
अमर्त्य सेन र लुई आलथूसेहरूबाट आफूलाई
सुहाउँदो जीष्ट झिक्दै
कुनै सफ्टवेयर वा सूचना सञ्जालको रूपमा
नागबेलिँदै गइरहेका थिए
ईश्वर, जो अदृश्य र अनुपस्थित ईथरको मातमा झुलिरहँदा
संसारै उसको नामको गीतले थाकिसकेको देखेर लाचार भइरहँदछ
उसको नाममा लिखित किताबहरुबाटै गूढार्थहरु उठाई अनि
संसार र मानिसको अन्त घोषणा गर्दछ
मानिसले नै ।

Monday, September 6, 2010

शिशिर


भनी हेरी फेरी प्रकृति रसमाथि प्रतिदिन
झरी बज्रै पार्यो क्रूर नियतिले जीवन लिन ।
सबै थर्थर काँपे मगज जकडीयो कतिलुके ?
तुषारा औं ठीही वरपर जमी पोखरी सुके ।।

सुके नाला खोल्सा सलिल धरणी कठ्ठ कठियो
उता वृक्षा, मूना किरण रविको न्यानू हटिगो ।
कठांग्रीए साह्रा कुसुम वनका "ठी" जकडिया
सबै शुन्यै छायो नर, पशुविचै भो दुरदशा ।।

गुफा न्यानू खोज्दै वरपर डुलेका अतिकडा
बतासैले हम्की थिरिरिरि कँपाएर मुहडा ।
डुले आँसू झार्दै निरव वनभो छैन अखडा
अहो१ सेताम्यै भो वरपर चिसो हीम छ खडा ।।

बुटा, पोथ्रा, हाँगा तलतल नुहेका जमिनमा
"कहाँ मिल्थ्यो मीठो रसकुसुमको, काल छ यहाँ ।"
भनी भूँ भूँ गर्दै रस बटुलने माहूरि कतै
डुलेको दृष्यथ्यो बिकट पथमा हुर्मतहूँदै ।।

कतै नौलो ल्यायो प्रकृति रस फेरि प्रतिदिन
हरीयो थ्यो शोभा निरस बनियो रे छिनछिन ।
कुनैका आँखामा हिमकिरणको बादल भरि
लुके सुस्थै सुस्थै क्रमश विधिले तल्तिरझरी ।।

भयो त्यो बेलामा चहकमय जादू वरपर
बने सेता थुम्का विधिसँग हटे बास र घर ।
जमी पानी, घारा विधि अब त चट्टान बनियो
कठै यस्तो ठण्डी निठुर विधिको शासन भयो ।।

चरीले गाएको मधुर रव नै थर्थर गरी
थियो कम्पा बोली अतिविरसिलो ताल लहरी ।
"बनायो त्यो कस्ले रस विरसिलो आज यसको?
विलायो केले यो कुसुम रस मीठो निरस भो ।।"

भनी पंक्षी रुन्थी अमृत रसको प्यास बटुली
कतै गोता मार्थे भ्रमर रिसले राग नखिची ।
जतै हुस्मू, बादल् वरपर भरी टम्म छ घना
न ता त्यो हो रात्री न त दिनबिचैको नि सपना ।।

अतालीदै काप्तै थुरथुर हूँदै जन्तु वनका
थला गूफा त्यागी तल तल सरे शान्तछ कता-
"विलायो त्यो साह्रा सुखमय कला आज कसरी-"
भनी रुन्थे, उड्थे थरथर हुँदै बालक सरी ।।

नशा, हड्डी, छाला सब गठरियो हैम रसले
धुवाँको गो मुस्लो मुखविच नआँटेर बलले ।
कठै १ कस्तो शासन् शिशिर ऋतुको त्यो प्रहरमा
ढले लुते ल्यांग्रा थरथरहुँदै त्यो बगरमा ।।

कतै पंक्षी झर्थे सहन नसकी दुष्ट लहना
प्रभाको त्यो ज्योति प्रकृति रसको शुन्य सपना ।
अहो ! साह्रा सम्झी विवश कति हुन्थे अधमरा
अँध्यारैमा वित्यो निधि विधि दुवै भो परपर ।।

उही कालो जालो गगनविचमा टम्म छ सधै
विधाताले ठग्यो निधि पछि हटी जाल बुनदै ।
न चाँडो जाने भो तनविच रहेको घिडघिडो
नता सक्थे ज्यूनै सुखसयल भैगो नि धमिलो ।।

मान्छे म अनिश्चितता को


म अनिश्चित्तताको नाम्लो बोक्ने मान्छे
थाप्लोभरि अनिश्चितता र अपर्ूण्ाताको
ढांक्रेको पसारो गह्रौ भारी बोकी
निस्किएको पहाड-कन्दराबाट
संसारका होचा अग्ला ढिस्कना हेर्न
एउटा अन्धकारको निशानी लिएर
ज्वारभाटा र हाडछालाको अस्थिपञ्जरलाई
दिशा विहीन मान चित्रको स्वास्ति दिन
निस्किएको म मान्छे, अनिश्चित्तताको ।

म मान्छे अनिश्चित्तताको
हरियो पातलाई शिशिरले झारीदिएको
पृथ्वीमा मिलेको पत्करको पत्कर म मान्छे
उही मान्छे झैं आशा उपाशाको भाषा
लिएर झिनो बाँच्ने म मान्छे
बैशाखी, हुरीले भाँचिदिएको मान्छे
बर्खे बाढीले लगारेर मर्काएको,
कर्काएको म झिनो मान्छे
त्यही शरदको लोभ्यावटले रुवाइएको म मान्छे
अनि हिउँदे ठिहीले पनि ठिंग्य्राइदिएको मान्छे
म त्यही मान्छे अनिश्चित्तताको
हो, म त्यही अनिश्चित्तताको पत्थर, दिवालको ।
शालिक, भोको-नांगो मूक मान्छे
लुलो अनि थिचिएको जीर्ण थाती मान्छे
स्वार्थी तुषारोले पिरोल्लिएको,
संस्कारिएको तुच्छ मान्छे
चुसिएको धुवाँमा हुइक्याइएको
फ्याँकिएको फुच्चो मान्छे
भाग्य खोसिएको, पोतिएको रित्तो मान्छे ।
त्यही हुँ म अनिश्चिताताको खालि मान्छे
हात भाँचिएको, दिमाग-च्यातिएको
पैताला मुनिको निर्धो मान्छे
धैरै अडचनले घाइते पारेको
रोगी कुष्ठ, असहाय मान्छे ।
इतिहासका पानाले पनि छक्काएको
बैरंगी पाना जस्तो रित्तो मान्छे
लगाम विहीन डोरिएको
दिशा विहीन अन्धो मान्छे
हो म त्यही रजनीको अनिश्चित्तता भित्रको
खोक्रो बोक्रो, अन्धो मान्छे
अनि त्यही मान्छे म, अनिच्त्तिताको

मेरो छाँया


मेरो छाँया
कहिले अघि-अघि लागेर
कहिले पछि-पछि लागेर
मसंगै हिडिरहेको हुन्छ
कि मैले उसलाई
कि उसले मलाई
लखेटिरहेकै हुन्छ
अघि लागेर भए
पछि लागेर भए
मसंगै हिड्छ
मसंगै दगर्ुछ
मसंगै उठ्छ
मसंगै बस्छ
तर
मसंग कति अभावहरु छन्
मसंग कति पीडाहरु छन्
मसंग कति आहतहरु छन्
मसंग कति सम्वेदनाहरु छन्
उसलाई के थाहा ?
हो
सबै कुरा थाहा हुन्न
संगै हिड्नेलाई
संगै बस्नेलाई
मान्छे भित्र-भित्रै कति दुःखेको हुन्छ
थाहा हुन्न बाहिरबाट हेर्नेलाई


तपस्वी पर्वतसित

गुराँस मौलाएको तिमी हरियाली हौ
कसले नभन्ला पर्वतकी रानी !
त्रि्रो पनि छातीभित्र आफनै कथा छ
कसले देख्छ त्यो अद्भूत कहानी ?
गुम्सिएर उकुस मुकुस ....
कति सलबलाउँदो हो छातीभित्रै ?
सल्किएर दनदनी ....
कति जलाउँदो हो आत्मासितै ?
त्रि्रा आँसुका तप्कनाहरु
खहरे खोला र झरना बनी
झरिरहन्छन् नित्य एउटा निस्तन्द्रता ध्वनिमा
कृतज्ञ नभै सक्तैनौ अब कोही पनि
किन कि ...
यही आँशुले हाम्रो तृष्णा मेट्छ
हजारौं के करोडौं जीवन बाँच्न सक्छ
एउटा जटिल तपस्याको वरदान हो यो
तिमीले नै मागिदिएको
यसैले...
तिमी रुएर पनि रोएनौ भन्न सक्छौं
सुख-दुःखको आँशु पिएर
सदैव हामीले बाँच्न सक्छौं ।
अनेकौ शताब्दी बितिसके
अझ पनि पद्यासन कसेकै छौ
ससाररुपी रंगभवनमा
तमाशा हेर्दै बसेकै छौ
कहाँ के उदायो, परिवर्तन आयो
नादान र शोषण देखकै छौ
जीवनको परिभाषा र संसारका रीतहरु
हृदयको पानामा लेखेकै छौ
शायद यसैको थकथकीले होला
शायदै तिमीलाई चित्त पर्दो हो !
त्यसैले त त्रि्रो पुर्पुरो फुटेर
"ज्वालामूखी" अग्रसर गर्दो हो ।
जलाऊ! जलाऊ ! हे पर्वतकी रानी !
शोषण र दुर्बलका बस्ती जलाऊ !
हवालहवाल्ती "लावा" को भेल उगेली
अत्याचार र भ्रष्टाचारलाई मैल झैं गलाऊ ।
सत्यता र धैर्यताले बास गरेको
तिमीनै छौ हाम्रो एकमात्र आशा
शदीयौं बितिगो तमाशा हेर्दै
उठ न अब त हे "उदास" !
तपस्वी ! त्रि्रो तपस्याले आज
विश्वमा शीतल पोखाउन सकोस्
तपस्याको अवधि धेरै भो अब त
अज्ञानको पर्दा धुजाउन सकोस् ।

म र मन


निस्ताएका मेरा नयन
मेरो अस्तित्व बोल्ने माटो हेर्न
साम्मे उभिएका परिस्थितिका पहाडहरुलाई
होच्ची दिन भनिरहेछन् ।
मेरो निर्दोषी कलङ्कति मन
यस घडी मस्तिस्कको एक कुनामा
संरक्षित डाइरीका पाना पल्टाइरहेछ
बिगतका बलात्कृत दिनहरुका
पल-पल ब्यूँताइरहेछ,
परिस्थितिका काँडाले घोचेका
घाउका खत माथी
मेरा नङलाई सल्वलाउँन प्रेरित गरिरहेछ ।
एकान्तमा मलाई भन्छ ;
"खाटा हटेर खतमा सीमित
ती घाउ
बाहिरी आँखामा खत् देखिएलान्
भित्र खील आलै छ
दुख्नु पर्ने हिडाइमा,
चस्कनु पर्ने घरी-घरी
ज्वरो छाउनु पर्ने आँत भरी ।"
आज मेरो मन मसंग रिसाएको छ
धावा बोल्न खोजिरहेछ
प्रत्येक यात्रामा मलाई सताउँछ,
व्यस्त कार्यमा भूल्याउँछ
अनि केही नलागे
अनसन बसी दिन्छ ।
मेरा निस्ताएका नयनलाई
मबाट अपहरण गरेर लगिसक्यो
मेरो मस्तिस्कमा राज गर्दै
मलाई अधमरो तुल्याइ सक्यो ।

मलाई हिजो आज घरी-घरी वेहोस पारी
मेरा कर्मेन्द्रीयको सल्यक्रिय गरिरहेछ
दिनमा त मलाई सतायो-सतायो
रातभरि मेरै विरुद्ध छापामार युद्ध लड्छ
अनि बेला बखत चेतमा ल्याएर
त्यही डाइरीका पाना पढाउँछ ।
     
महाभारतमा - लाहाको घरमा आगो लाएको
कहानी आफैमा पाउँछु ,
रामायणमा वर्णीत समयभन्दा
अझ बढी घरविहिनताको पीडा आफैमा पाउँछु ,
ढिकुटी भरी आफ्नै श्रमको उपज
अन्न सम्झँदै ......
भिख मागी खानु पर्दाको क्षण
आफ्नै साम्मे क्यानभासमा उतारिएको पाउँछु ।
मौका हेरेर
कोही बेला मध्ये निद्रामा मलाई सुटुक्क लिएर जान्छ
जिङ्िग्रएका साइप्रसका फेदमा पुर्याँउछ
ओइलीन लागेका व्लुपपीका बघैचामा डुलाउँछ ,
सुर्ताइ रहेको टाकीनलाई देखाउँदै भन्छ
"यो असुरक्षित छ
होस गर - यो पनि बेचिन सक्छ" ।
अनि, व्ल्याक रेभनको गुँड देखाउँदै भन्छ
"बड फ्ल्लुका नाममा मारिएलान् होसियार"
      
अझ मलाई अचकाली गाली गर्छ
कुलागाङ्रीमा पुर्याएर
"तेरो अस्तित्व बोल्ने मान चित्र खुम्चि सक्यो
त्यसको पीडा धेरैलाई छैन थोरैलाई छ
ती "धेरै" गलत हुन्
अनि ती "थोरै" सत्य हुन्
त्यसैले तँ मान् या नमान्
तेरा ती वलात्कृत दिनहरु
इतिहासका साक्षी हुन्
ती काँडाका खीलहरुको सल्यक्रिय गरिहाल
क्यानसरमा परिणत होला
नत्र तँ र म
खोलाका दुई किनारा हुनु बाहेक
अरु केही हुने छैनौं ।।

शाब्दिक उपासना


खण्डवृष्टिको
सुगन्धित अत्तरको
मोहमा लट्ठीएर
निशाले नछोडेका
बादशाहहरुको......
भिड कुल्चेरै
यो पवित्र-भूमिमा
अनुरागको तोरण टाँग्न
आउनु पर्छ l
जसरी पनि
तिमी आउनू, प्रिय !

अभ्यर्थी भएर
तिमी मार्फत
अमरलोकमा
यो हृदयउद्गार चढाउँछु l
सबै अनुयायीहरुको
आलिंगनमा हरदम बस्नू !
युग-युग,
अश्मीभूत भएर.....
प्रिय ! म यही चाहन्छु ।

एक बराबर
हजारौं सपनाहरु
टुटेर के भो र ?
जीवन्त मानव-मनोहर हाँस्न
प्रतिबोधी लोकलाई
अलौकिक अप्सानी
चढाउँन चाहन्छु।
प्रिय ! म यही अर्जी गर्छु l

जुग,,अब युग भएर
मधुमास बोकेर
यहाँ निहारिका हुदैछ l
इज्जतका निशानीहरु
उत्खनन गर्न,
उराठ खडेरीमा
सागर उरालेर
गोधूलिको असिम प्रेम
लिएरै आउनू प्रिय !

त्यसैले असमिपक
युगिन सहगामी हुन l
तिम्रै समीभूतमा राख्न
दर्शन कुँद्ने हतियार
लिएर आउनु पर्छ
तिमी आउनु पर्छ l
जसरी पनि आउनू !
प्रिय !
म यही शाब्दिक उपासना गर्दछु !!!

धनियाँको अचार


ऊ जानुअघि 
हरिया धनियाँहरू पिनेर
खुवाएथेँ ।
हरिया धनियाँहरूसंगै 
धेरै माया मीठो पसिना 
र सुनौँलो भविष्यको कल्पना
पिनेर
उसैलाई खुवाएथेँ ।
ऊ गैसकेपछि
मेरा बारीमा धेरै धनियाँहरू छरिएर उम्रिए
म प्रत्येक धनियाँका बोटहरूलाई
अगाध मायाले
सिँचिरहेछु प्रत्येक दिन
तर, प्रत्येकपटक
छिप्पिदै-वैलाउदै छन् 
मेरा बारीका धनियाँहरू ।
सम्भवतः ऊ गैसकेपछि
उतैको धनियाँले तानेजस्तो छ 
उतैको मिश्रण मन परेजस्तो छ
मेरा बारीका धनियाँहरूजस्तै
म पनि सायद 
कहिल्यै याद आइन ।
अहिले
त्यहीँ धनियाँहरुसंगै
चाउरिएका छाला, तीता आँसु
र विक्षिप्त सम्झना मात्र होइन
आफ्नो जिन्दगी नै पिनेर
अचार बनाइरहे'छु ।

Sunday, September 5, 2010

यस्तै लाग्छ


अन्योलको आकाशले निलेको यो
हाम्रो अवस्था  वास्तविकता नियाल्दा
कता-कता विश्वास हराए झैं लाग्छ
आस्था  दृढताहरू विलाए झैं लाग्छ 

ब्रँमाण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू
चार इञ्चको पेट 
चारफीटे शरीरकै निम्ति
अल्मलिएका देख्ता कतै
समाज नै हराए झैं लाग्छ
मौजमै समाज भुले झैं लाग्छ 

दुइदिने सम्पन्नताकै निम्ति हामी
अरुका बन्दा स्वत्व हराए झैं लाग्छ
समाजका मुखियाहरू अलमल्ल गोत्र
उच्च भए "मपाई निच भए "तपाई"
भन्नेहरूका भीडमा मलाई भँडार खनेर
आगन पुर्नेहरू पनि देखिएलान् झैं लाग्छ 

मैले पनि सम्पन्नतामा रमाउन नखोजेको होइन,
तरअनेकौं पीडा सहँदै मेरी आमाले
हुर्काएकी मलाई उच्च आस्थाले
ममाथिको उनको आस्था पूरा हुन नपाउँदै
आमाबाट टाडा हुनुपर्ने बाध्यता
मेरा बाबुलाई ज्यूँदै गाडेको चिहान हर्ेर्दै
मानसपटलमा आमा  बहिनीको
निर्ममतापूर्वक बलात्कृत शरीर समेटेर
मातृत्व  सारा आस्थाहरू आजीवनलाई
त्याग्नुपरेको विगत बाध्यताले मलाई
सम्पन्नतातर्फ फर्कनै दिएको छैन,
त्यसैले मेरो मनको शब्दकोषबाट
सुख  सम्पन्नता शब्दहरू हटिसके झैं लाग्छ,
मेरा उज्याला दिनहरूमा बादल लागे झैं लाग्छ