सिङ्गै पृथ्वी बोकेर
बामे सरिरहेको बालक
के सोचिरहेको होला -
सायद सोचिरहेको होला !
अलि अगाडिको युद्धमा कोको मारिए -
कोको भए टुहुरा र विधवा -
क-कसको जल्यो
आस्थाको घर र आँगन -
कोको भए-
मन्दिर र मस्जिदमा विभाजित -
कोको भए देश भएर पनि देशविहीन -
शताब्दीदेखि-
सर्वोच्च अदालतको
कठघरामा उभिएर
कोही न्याय मागिरहेछ
शालिकजस्तो बनेको छ
समय ।
साुहको सन्दुकबाट
मुक्त गर्नु छ
बन्धकी परेका
बाजे बराजुका लालपर्ुजाहरू ।
छाप्रा र झुपडीहरूमा
कहिले फर्केर आउला
भात र स्वतन्त्रता -
भोकको निहुँमा-
कोही किन गर्दैछ आत्महत्या -
बिडम्बना !
यहाँका प्रत्येक ढुङ्गाहरू र्
इश्वर बनेका छन्
यहाँ मानिस-मानिस बन्न सकेका छैनन् ।
सिङ्गै पृथ्वी बोकेर
बामे सरिरहेको बालक
के सोचिरहेको होला -
सायद सोचिरहेको होला !
भोलि विहान-
फेरि देशसँगै उठ्नु छ ।
No comments:
Post a Comment