Saturday, September 4, 2010
इलाम
इलामले जुन बेला चिया रोप्यो
त्यस बेला उसले देशलाई सम्झयो
र देशलाई चियाबगान बनाउने सपना देख्यो
इलामको परिचय त हरियालीमा खुल्दै गयो
तर देश झन् उजाडिंदै/रित्तिंदै गयो
देश- कतै परिवेशमा रित्तियो
कतै भावनामा रित्तियो
कतै संवेदनामा रित्तियो
कतै अनुभूतिमा रित्तियो
कतै प्रेममा रित्तियो
कतै घृणामा रित्तियो
क्रमशः रित्तिंदै गयो
इलाम आफू त रित्तिएन
तर नीलो आकाशको एक कुनाबाट
देश रित्तिएको विवश हेरिर≈यो
रित्तिनु " बादलिनु " अंध्यारिनु " देशको नियति
मौन दुखेर हामी
चुपचाप देशको अध्यारो पछयाउदै गयौ
देशलाई चियाबगान बनाउने सपना
इलामले सम्झेरै बिर्सन बाध्य भयो
वियोगको प्रेमपीडामा देश हामीसामु उभियो
अहिले इलामको सपना टुटेको छ
र टुटेको सपना प्रश्नचि≈न बनेको छ
इलामको चाहना अब कसले पूरा गर्ने -
जङ्गल सखाप पार्नेहरूको भीडले कि
सहर र गाउ-बस्ती उजाड पार्ने शक्तिले ⁄
म त्यसको उत्तर, उत्तरविहीन भीडलाई होइन
ती चियाका बोटहरूलाई सोधिरहेछु
जसले यसको जवानफ चुपचाप दिन सक्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment