समुद्र छाम्न झरेकी जून
समुद्र छाम्न झरेकी जून
एकलास मुर्दाघाटबाट
सुतिरहको समुद्र छाम्न झरेकी जून
ऐनाको सुन्दरता र यौवन वासना थेग्न नसकी
समुद्रको पौरष कसी लाउन हाम्फालिन्
आकाश-भत्किएको डुङ्गा
रुन्छ शीतका आँशु जंगली पातहरुमा
चिहाएर समाधिमा चुर्लुम्म जून र समुद्र
माथि डिलको बुढो रुखलाई
गुनासो पोख्छ-मनको ज्वालामुखी
तिनीहरुलाई ब्यूँझाउँन
हावा, किनारका बालुवा रगेटेर बर्ढार्छ
आकाशको अनुरोधमा
आकाशतिरै हेर्दै
बगरको चिसो सिरेटो
रातको सन्नाटालाई रेटेर भ्वाइलिन बजाइरहेछ
No comments:
Post a Comment