प्रिय सम्बोधन ⁄ तिमी जहा उभिएर मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई म वारिबाट तिमी उभिएको इतिहास सोधिरहेछु यतिखेर तिमी सहिद भएको इतिहाससंगै आंफै सहिद समय बगिरहेको भेरीले आंसुका हजारौं प्रश्नफूलहरू अर्पण गरेर अग्ल्याएको पहाडजस्तो आदिम प्रेमबस्ती ⁄ प्रिय जाजरकोट ⁄ वारिबाट म तिमीलाई अगालो हाल्न सक्दिन केही छैन मन फाटिएर हामीबीच भेरी बगे पनि निर्वासनमै घामको न्यानोमा म तिमीलाई अनुभूत गरिरहेछु जूनको शीतलमा तिमी मलाई अनुभूत गर्नेछौ । | |
No comments:
Post a Comment