Monday, September 6, 2010
म र मन
निस्ताएका मेरा नयन
मेरो अस्तित्व बोल्ने माटो हेर्न
साम्मे उभिएका परिस्थितिका पहाडहरुलाई
होच्ची दिन भनिरहेछन् ।
मेरो निर्दोषी कलङ्कति मन
यस घडी मस्तिस्कको एक कुनामा
संरक्षित डाइरीका पाना पल्टाइरहेछ
बिगतका बलात्कृत दिनहरुका
पल-पल ब्यूँताइरहेछ,
परिस्थितिका काँडाले घोचेका
घाउका खत माथी
मेरा नङलाई सल्वलाउँन प्रेरित गरिरहेछ ।
एकान्तमा मलाई भन्छ ;
"खाटा हटेर खतमा सीमित
ती घाउ
बाहिरी आँखामा खत् देखिएलान्
भित्र खील आलै छ
दुख्नु पर्ने हिडाइमा,
चस्कनु पर्ने घरी-घरी
ज्वरो छाउनु पर्ने आँत भरी ।"
आज मेरो मन मसंग रिसाएको छ
धावा बोल्न खोजिरहेछ
प्रत्येक यात्रामा मलाई सताउँछ,
व्यस्त कार्यमा भूल्याउँछ
अनि केही नलागे
अनसन बसी दिन्छ ।
मेरा निस्ताएका नयनलाई
मबाट अपहरण गरेर लगिसक्यो
मेरो मस्तिस्कमा राज गर्दै
मलाई अधमरो तुल्याइ सक्यो ।
मलाई हिजो आज घरी-घरी वेहोस पारी
मेरा कर्मेन्द्रीयको सल्यक्रिय गरिरहेछ
दिनमा त मलाई सतायो-सतायो
रातभरि मेरै विरुद्ध छापामार युद्ध लड्छ
अनि बेला बखत चेतमा ल्याएर
त्यही डाइरीका पाना पढाउँछ ।
महाभारतमा - लाहाको घरमा आगो लाएको
कहानी आफैमा पाउँछु ,
रामायणमा वर्णीत समयभन्दा
अझ बढी घरविहिनताको पीडा आफैमा पाउँछु ,
ढिकुटी भरी आफ्नै श्रमको उपज
अन्न सम्झँदै ......
भिख मागी खानु पर्दाको क्षण
आफ्नै साम्मे क्यानभासमा उतारिएको पाउँछु ।
मौका हेरेर
कोही बेला मध्ये निद्रामा मलाई सुटुक्क लिएर जान्छ
जिङ्िग्रएका साइप्रसका फेदमा पुर्याँउछ
ओइलीन लागेका व्लुपपीका बघैचामा डुलाउँछ ,
सुर्ताइ रहेको टाकीनलाई देखाउँदै भन्छ
"यो असुरक्षित छ
होस गर - यो पनि बेचिन सक्छ" ।
अनि, व्ल्याक रेभनको गुँड देखाउँदै भन्छ
"बड फ्ल्लुका नाममा मारिएलान् होसियार"
अझ मलाई अचकाली गाली गर्छ
कुलागाङ्रीमा पुर्याएर
"तेरो अस्तित्व बोल्ने मान चित्र खुम्चि सक्यो
त्यसको पीडा धेरैलाई छैन थोरैलाई छ
ती "धेरै" गलत हुन्
अनि ती "थोरै" सत्य हुन्
त्यसैले तँ मान् या नमान्
तेरा ती वलात्कृत दिनहरु
इतिहासका साक्षी हुन्
ती काँडाका खीलहरुको सल्यक्रिय गरिहाल
क्यानसरमा परिणत होला
नत्र तँ र म
खोलाका दुई किनारा हुनु बाहेक
अरु केही हुने छैनौं ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment