|
|
|
म दिनभरि सोच्छु । रातभरि सोच्छु । एउटा निष्कर्षनिकाल्न सक्तिनं । बिहानभरि पनि सोचेर बस्छु । कुनै निर्णयमाा पुग्न सक्तिनं । भातका गांसहरूभरि सोच्छु, पानीका घुड्काहरूभरि पनि सोच्छु । घडीमा ११ बज्छ । पूरा एउटा दिनलाई र्समर्पण गरिसक्छु । घडीका कुनै पनि मिनेट र घण्टाहरूले मेरो सोचाइमा साथ दिन खोज्दैनन् । क्षण मेरो निजी हुन सक्दैन । १२ बज्न खोज्छ । ५ पनि बज्छ भन्ने बोधले म र्सतर्क हुन खोज्छु । सोचाइ गम्भीर बनाउन खोज्छु । फेरि एक घण्टा अर्पण गर्छु निर्णयलाई त्यसभित्र पार्ने अठोट गर्छु निर्णय चिप्लिदिन्छ- घडीको स-सानो एउटा सेकेन्ड र्सर्ुइबाट सोचाइको स-सानो विरोधबाट । १२ बज्छ । ५ लाई अझै ५ घण्टा बाकी छ । १ घण्टा अझै उपभोग गर्न सक्छुको आशामा अल्झिन्छु । घडीको टिकटिकलाई मुटुले दम दिन थाल्छ, केही अधीर बन्छु । केही नियन्त्रित हुन खोज्छु । १ बज्न खोज्छ । अझै अलमलमा पर्छु घडीको र्सर्ुइ १ को अङ्कलाई नाघेर जान्छ । म पराजित हुन्छु । घडीको हरेक मिनेट र हरेक घण्टाले मलाई जित्दै लान्छ । घडीको कुनै अङ्कमा लगेर म सोचाइलाई अडाउन सक्तिनं । एउटा निर्णयालाई बास बसाउन सक्तिनं । हरेकपल्ट म आफूलाई कमजोर पार्दै लान्छु । म त्यहां जान्छु भन्न पनि सक्तिनं । नजाने फैसला पनि म आफूलाई सुनाउन्नं । अब मेरो भन्नु मात्र चार घण्टा बाकी छ । तीन घण्टा त्यहां पुग्नलाई लाग्छ, बाकी एक घण्टालाई मैले आफ्नो बनाउन सक्नर्ुपर्छ । म एउटा निर्ण्ाायक घडीमा पुग्छु । म थोरैमा एउटा मिनेटमै पुगेर निर्णय समात्ने कोसिसमा आफूलाई होसियार पार्छर्ुु हुन सक्छ, त्यहां उसले मलाई आफू देखाउन खोजेकी होस् । हुन सक्छ, त्यहां उसले मलाई केही त्यस्तै कुरा देखाउन खोजेकी होस् । त्यहां जाने एउटा त्यस्तै रहरले मलाई समातेकै छ । एउटा त्यस्तै जिज्ञासाले मलाई बांधेकै छ । व्यक्तित्वले मानेको भए हुन सक्छ म त्यहां पुगिसक्थें । अहम्ले नबांधेको भए, हुन सक्छ म उसको आमन्त्रणलाई स्वीकार गरिसक्थें । एउटा साधारण केटीको अगाडि एउटा सिरियस व्यक्तित्व कसरी उभिन सक्छ - मेरो सोचाइको मोड प्रश्नले बनेको छ । उसको अगाडि म आफ्नो व्यक्तित्वको उपस्थितिलाई अस्वाभाविक भन्न खोज्छु । अयोग्य भन्न खोज्छु । व्यक्तित्वको मर्यादाको लागि म विशेष रूपमा सचेत भएको छु । व्यक्तित्वको बचावटको लागि म सम्पूर्णतामा पुगेर उठेको छु, उसको इच्छा र चाहनामा कुठाराघात गर्ने पनि मेरो मन छैन । आंट पनि छैन । उसलाई भेट्ने एउटा अज्ञात चाहना मभित्र कतै खेलिरहेको पनि मलाई थाहा छ । २ बज्छ । कुनै पनि निर्णयलाई म आग्रहका साथ समात्न सक्तिनं । आत्मसात् गर्न सक्तिनं । जानु र नजानुको दोसांधबाट म एउटा बाटो खोज्छु । बाटोमा पनि त सोच्न सकिन्छ । लुगा फटि गर्छु निस्कन्छु । घडी हेर्छु तीन घण्टालाई ५ मिनेट मात्र कट्टा भएको छ । केही मिनेट पार गर्छु यो क्रियालाई केही क्षण केही अर्कै कुरालाई लिएर विषयान्तर हुन खोज्छु । परको क्षिितजलाई ताक्छु । डांडा र हिमाललाई ताक्छु । घर समाजलाई ताक्छु । व्यक्तित्वले मलाई ताकिरहेको छ । सम्पूर्ण व्यक्तित्व जागा भएर उठ्छ । बलात् एउटा निर्णय आउन खोज्छ । यतैबाट घरतिर र्फर्कूं ⁄ एकछिन अडिन्छु । सांच्चै र्फर्कूं त प्रश्नलाई सारा चेतना दिएर हेर्छु व्यक्तित्वको सवाल छ ⁄ यसरी केटी नै जीवनको महत्त्वपूर्ण कुरा हुन सक्तैन ⁄ निर्णयमा पुगें-पुगेंजस्तो हुन्छ, पाइतलालाई अनायासै घरतिर मोड्छु । केही कदम हिंड्छु । केही कदममा पुगेर रोकिन्छु । उसको आकृति मेरो अगाडि आएर उभिन्छ । म लठ्ठी भांच्ने निहुंमा छेउको रूखमा सुमसुम्याउन थाल्छु । कमसेकम अलि परसम्म पुग्न सकिन्छ । अझै विचार गर्ने ठाउं छ । मन नलागे उसलाई नभेट्न सकिन्छ । तर्क गर्छु फेरि उतैतिर र्फकन्छु । ३ बज्छ । अझै दुइ घण्टा बाकी छ । केही लम्कन्छु र छुटेको अलमललाई पाइतलामा संगेट्न खोज्छु । ठूलो व्यक्तित्वले उसलाई भेट्नै नहुने भन्ने के नियम छ - कुनै यस्तो प्रश्न गर्छु एउटा यस्तो व्यक्तित्वले त्यस्तीलाई भेट्न खोज्नुको के अर्थ हुन्छ - कुनै यस्तो प्रश्न झिक्छु । मेरो व्यक्तित्व र उसमा कुनै सामञ्जस्य स्थापना हुन सक्तैन । सोचाइलाई स्थिर पार्न खोज्छु । असफल बन्छु । एउटा व्यक्तित्वपूर्ण व्यक्ति भएर एउटा यस्तो कुरामा निर्णय नलिन सक्दा म आंफैलाई फकिा लाग्न थाल्छ । म व्यक्तित्वलाई नसुहाउने कुरा गरिरहेछु भन्नेमा पर्छर्ुु आंफैलाई शङ्काले हेर्न थाल्छु । उसलाई नभेट्दा के छुट्छ जिन्दगीबाट - एउटा प्रश्न सलाई कोरेझैं कोर्छर्ुु शङ्कामाथि हेर्छु ४ बज्छ । मात्र एक घण्टा बाकी छ । अडेर सोच्न खोज्छु । अड्ने अवकाश छैन । तैपनि अड्न खोज्छु । घर र्फकन मन हुन्छ । यहांसम्म आइसकेपछि घर र्फकनु राम्रो होइन पनि भन्ठान्छु । अडेजस्तो पनि छु । हिंडेजस्तो पनि छु । आंखाभरि ऊ आएर छापिन्छे, मुटुभरि के के समाइएजस्तो हुन्छ । भित्र-भित्रै के के पाइएजस्तो हुन्छ । कममा पनि एक घण्टा बाकी छ । यसको उपयोग गर्न सकिन्छ । यो घण्टाको लोभबाट पनि म मुक्त हुन सक्तिनं । सोचाइको सम्पूर्ण भार यही घण्टामा पुगेर बिसाउन खोज्छु । ऊभन्दा अलि वरको मोडमा पुग्दा निर्णय खुल्छ भन्ने कुरालाई एक र अन्तिम सत्य स्वीकार गर्छु पयरलाई गतिमा आउन दिन्छु । ऊ नजिक-नजिक हुदै गएको र्स्पर्श मीठो पनि छ । व्यक्तित्व आफूबाट टाढा-टाढा हुदै गएको अनुभूति पोल्दो पनि छ । भेट्नु हुन्न भन्ने नै ठीक लागे मोडलाई फाटेको बाटोबाट घरतिर लाग्ने निधो छ । ऊ र व्यक्तित्वको र्स्पर्श समानान्तर रेखामा उठ्दै जान्छ । ४,३० हुन्छ । २०/२५ मिनेटमा मोड पनि छोइन्छ । निर्णय आउन खोज्छ । हराएर जान्छ । आउन खोज्छ । हराएर जान्छ । उसमा केही त्यस्तै कुरा छ जस्तो लाग्छ । केही त्यस्तै कुराले मलाई आकषिर्त पारिरहेछ, डोर्याइरहेछ जस्तो लाग्छ । केही त्यस्तै कुराको मोहले म बांधिएको छु जस्तो लाग्छ । मान्छेले मान्छेलाई भेट्न नहुनु कुन त्यो सीमाको उल्लङ्घन हो - कुन त्यो दिशाको विपरीत हो - जवाफ पाउन खोज्छु, । उसलाई भेट्ने नै निर्णय तर ओर्लन्छु । अचानक मोडमा पुगेर अडिन्छु । व्यक्तित्व आएर उभिन्छ । व्यक्तित्व यस्तो कुन एउटा साहस हो जो हरेक मोडमा आएर आफ्नो आकृति खोल्छ । कुन एउटा शक्ति हो जो हरेक सोचाइको विरुद्ध आफ्नो अधिकार बोल्छ - निश्चल अड्छु । मलाई मोडमा अड्ने र्फर्ुसत छैन । ५ बज्न ५ मिनेट बाकी भएको छ । मलाई कुनै प्रश्न र शङ्का गर्ने र्फर्ुसत छैन । ५ मिनेट त त्यो ठाउंमा पुग्न लाग्छ, मेरो व्यक्तित्वले नै म बनेको छु । म भन्ठान्छु, मेरो व्यक्तित्वमाथि कुनै त्यस्तो कुरो छैन जसलाई हेरेर मैले झुक्नु परोस् । कुनै त्यस्तो कुरो छैन जसलाई हेरेर मैले रुक्नु परोस् । मोडबाट अर्कोतिर फाटेको बाटोलाई हेर्छु ऊ मेरो आंखामा आएर एउटा नक्सा कोरिन्छे । म विश्वको मानचित्रमा उसको पनि अस्तित्व भेट्छु । उसले मलाई निम्ता दिएकी छ । म यहांसम्म आइसकेको छु । कुनै अज्ञात दिशाले मलाई कतैबाट देखिरहेको पनि हुन सक्छ । यहांबाट घरतिरको बाटो समात्नुलाई म सहसा तयार हुन्नं । उचित मान्न सक्दिनं । सक्छु कि भनी एक मिनेट लिएर बल गर्छु अर्समर्थ बन्छु । घरैबाट किन आउनुपथ्र्यो भन्ठान्छु । अब उसलाई नभेटीकन र्फकनुलाई म मेरो कमजोरी भन्न थाल्छु । लाज भन्न थाल्छु । डर भन्न थाल्छु । सोचाइ शिथिल हुन्छ । म रातो, नीलो र कालो हुदै जान्छु । ५ बज्न अब ३ मिनेट लाग्छ । मेरो सोचाइको अवसान कति टाढा छ म अन्योलमा छु । चिट्चिट् पसिना आउन थाल्छ । सारा शरीरमा रगत वेगले चलेको अनुभव गर्छु मुटुमा स्पन्दन चढ्छ । मोडमा बाटो दुइतिर फाटेको छ । म पनि दुइतिर फाटेको छु । मेरो यात्रा एउटा कुरासित सम्बद्ध छ जस्तो लाग्छ । केटी नै मेरो जीवनयात्राको अनिवार्य र्सत होइनजस्तो लाग्छ । व्यक्तित्वलाई फुकालेर म केटीको सामु प्रस्तुत हुन सक्दिनं भन्ठान्छु । समय मलाई पछारेर फड्का हान्न खोज्छ । म निधारबाट पसिना होइन बर्षाझरेको देख्छु । नसामा रगत होइन खोलो बग्छ । छातीमा पहिरो चल्छ । सिङ्गोमा म एउटा असन्तुलित हुन्छु । घडी २ मिनेट मात्र मेरो देखाउंछ । सोचाइ छरिएर जान्छ । म शिरलाई उठाएर चारैतिर घुमाउंछु । पर आंखामा एउटा आकृति छोइन्छ, दुइटा आंखाले मलाई पर्खिरहेको देख्छु । ऊ रूखमुनि बसेर मलाई हेरिरहेकी छ । अब म उसबाट भाग्न सक्तिनं । भाग्न सकिरहेको पनि छैन । अनिर्णयको स्थितिबाट म उठ्दै उसतिर जान्छु । एक मिनेट बाकी छ । यो कसको मिनेट हो, र कस्तो मिनेट हो म भन्न सक्दिनं ।
-"हजुरलाई म एक घण्टादेखि पर्खिराखेकी ⁄"
-"तिमीलाई भेट्न म ३० घण्टादेखि आइराखेको ⁄"
-"अब भेट्नुभो त -"
-"अझै सकेको छैन ।"
-"देख्नु त भयो होला नि -"
-"छु ।"
-"म हजुरलाई माया गर्न थालेको छु ।"
-"म आजभोलि त्यो पाउन थालेको छु ।"
आकाश चुपचाप टाउकोमाथि बसेको छ, मानौं हामीलाई सुन्ने यहां ऊ मात्र एक छ । आकाशलाई हेर्छुऊ मलाई हेर्र्छे म उसलाई हेर्छुऊ पृथ्वीलाई हेर्र्छे
-"म हजुरलाई मन पर्छु कि पर्दिनं -"
-"यो तिम्रो मात्र प्रश्न होइन ।"
-"हजुर, कसको -"
-"आइमाईको मात्र होइन ।"
विगत घण्टाहरूमा कोरिंदै मेटिंदै गरेको एउटा नक्सा एउटा तरुनो क्यान्भासमा उभिएको छ । म सम्पूर्ण अङ्गमा उत्सुकता लिएर उठेको छु । ऊ पृथ्वीलाई छोडेर मलाई हर्ेर्छर्ेे म आकाशलाई छोडेर उसलाई हेर्छु हेर्दाहेर्र्दै उसको लाज ओठको एउटा कुनाबाट फुट्छ ।
-"म हजुरमा समर्पित छु ।"
म उसलाई पढिरहन सक्छु । सुनिरहन सक्छु । म उसलाई हुन्छ पनि भन्न सक्दिनं, हुन्न पनि भन्न सक्दिनं । मलाई व्यक्तित्व-बोध हुन्छ ।
-"म आंफैमा समर्पित छु ।" -म भन्छु र मोड फाटेकोतिर हेर्छु |
|
No comments:
Post a Comment