सपनाहरु पुनः
स्खलनको संघारमा उभिएकाछन्
बेमौसम झरी बषिर्एका छन्
विनाकारण भल्किएका छन्
कण-कणमा च्यातिएका छन्
ती काला रातहरुमा-सपनाहरु
सपनाहरु मानव मनले
कहिले छाम्न सकेको छैन
स्वतः आउँछन् रातहरुमा
पुनः विलाउँछन् रातहरुमा नै
यो रातहरुको चर्तिकला बुझ्नै गाह्रो
कहिले शिथिल भएर आउँछन्
ती अँधेरा रातहरुमा-सपनाहरु
केही सपनाहरु ''रोमान्टिक'' हुन्छन्
तर रातहरुमा नै हराउँछन-ती सपनाहरु
कहिल्यै यथार्थ हुने होइनन्
तर अद्भूत भएर देखा पर्छन्
ती क्षुब्ध रातहरुमा-सपनाहरु ।
जिन्दगीका कुइनेटाहरुमा
विस्मात टाँगिएर आउँछन्
आफ्सोच
सपनाहरुको रमिता हर्ेन हतारिन्छौं-हामीहरु
कहिले अबरुद्ध हुँदै आउँछन्
कहिले ठोकिदै अनि रोकिदै आउँछन्
ती मृत्यु तुल्य रातहरुमा-सपनाहरु
तर वास्तविकता हुँदै सपनाहरुमा
अँह! यथार्थ पाईदैन सपनाहरुमा
यसरी नै जिन्दगीका पलहरुमा
निरन्तर.... निरन्तर आउने गर्छन्
अन्धकारलाई घुम्टो ओडाउँदै
No comments:
Post a Comment