Monday, September 6, 2010
मान्छे म अनिश्चितता को
म अनिश्चित्तताको नाम्लो बोक्ने मान्छे
थाप्लोभरि अनिश्चितता र अपर्ूण्ाताको
ढांक्रेको पसारो गह्रौ भारी बोकी
निस्किएको पहाड-कन्दराबाट
संसारका होचा अग्ला ढिस्कना हेर्न
एउटा अन्धकारको निशानी लिएर
ज्वारभाटा र हाडछालाको अस्थिपञ्जरलाई
दिशा विहीन मान चित्रको स्वास्ति दिन
निस्किएको म मान्छे, अनिश्चित्तताको ।
म मान्छे अनिश्चित्तताको
हरियो पातलाई शिशिरले झारीदिएको
पृथ्वीमा मिलेको पत्करको पत्कर म मान्छे
उही मान्छे झैं आशा उपाशाको भाषा
लिएर झिनो बाँच्ने म मान्छे
बैशाखी, हुरीले भाँचिदिएको मान्छे
बर्खे बाढीले लगारेर मर्काएको,
कर्काएको म झिनो मान्छे
त्यही शरदको लोभ्यावटले रुवाइएको म मान्छे
अनि हिउँदे ठिहीले पनि ठिंग्य्राइदिएको मान्छे
म त्यही मान्छे अनिश्चित्तताको
हो, म त्यही अनिश्चित्तताको पत्थर, दिवालको ।
शालिक, भोको-नांगो मूक मान्छे
लुलो अनि थिचिएको जीर्ण थाती मान्छे
स्वार्थी तुषारोले पिरोल्लिएको,
संस्कारिएको तुच्छ मान्छे
चुसिएको धुवाँमा हुइक्याइएको
फ्याँकिएको फुच्चो मान्छे
भाग्य खोसिएको, पोतिएको रित्तो मान्छे ।
त्यही हुँ म अनिश्चिताताको खालि मान्छे
हात भाँचिएको, दिमाग-च्यातिएको
पैताला मुनिको निर्धो मान्छे
धैरै अडचनले घाइते पारेको
रोगी कुष्ठ, असहाय मान्छे ।
इतिहासका पानाले पनि छक्काएको
बैरंगी पाना जस्तो रित्तो मान्छे
लगाम विहीन डोरिएको
दिशा विहीन अन्धो मान्छे
हो म त्यही रजनीको अनिश्चित्तता भित्रको
खोक्रो बोक्रो, अन्धो मान्छे
अनि त्यही मान्छे म, अनिच्त्तिताको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment