बिहानीको न्यानो सूर्यको किरण सङ्गै
चरीको चिर्बिर अनि यहाँ समुन्द्र छ
तर यसमा मेरो नेपाली भाका हुँदैन
साँझको गोधूलीसँगै आउँछ चन्द्र र ताराहरु
शीतको थोपाले जब मलाई भिजाउन खोज्छ
तर त्यसमा नेपाली शितलता हुँदैन
पलपलको छट्पटाहट पछिको निदाइ
निदाएको बेला देखिने त्यो सपनी
तर त्यो सपनी नेपालीपनको हुँदैन
हांस्ने रुने बोल्ने चाल उस्तै जस्तै
भाषा त फरक छ छ
त्याहाँ पटक्कै नेपाली भाव हुँदैन
त्यसैले त मलाई गर्ब छ मेरो नेपाली पनमा
त्यसैले त मलाई गर्ब छ नेपाली हुनुमा
किनकि यो बिदेशी अहम भन्दा मेरो नेपालीपन
स्वच्छ र पवित्र छ।
No comments:
Post a Comment