Pages

Monday, September 6, 2010

तपस्वी पर्वतसित

गुराँस मौलाएको तिमी हरियाली हौ
कसले नभन्ला पर्वतकी रानी !
त्रि्रो पनि छातीभित्र आफनै कथा छ
कसले देख्छ त्यो अद्भूत कहानी ?
गुम्सिएर उकुस मुकुस ....
कति सलबलाउँदो हो छातीभित्रै ?
सल्किएर दनदनी ....
कति जलाउँदो हो आत्मासितै ?
त्रि्रा आँसुका तप्कनाहरु
खहरे खोला र झरना बनी
झरिरहन्छन् नित्य एउटा निस्तन्द्रता ध्वनिमा
कृतज्ञ नभै सक्तैनौ अब कोही पनि
किन कि ...
यही आँशुले हाम्रो तृष्णा मेट्छ
हजारौं के करोडौं जीवन बाँच्न सक्छ
एउटा जटिल तपस्याको वरदान हो यो
तिमीले नै मागिदिएको
यसैले...
तिमी रुएर पनि रोएनौ भन्न सक्छौं
सुख-दुःखको आँशु पिएर
सदैव हामीले बाँच्न सक्छौं ।
अनेकौ शताब्दी बितिसके
अझ पनि पद्यासन कसेकै छौ
ससाररुपी रंगभवनमा
तमाशा हेर्दै बसेकै छौ
कहाँ के उदायो, परिवर्तन आयो
नादान र शोषण देखकै छौ
जीवनको परिभाषा र संसारका रीतहरु
हृदयको पानामा लेखेकै छौ
शायद यसैको थकथकीले होला
शायदै तिमीलाई चित्त पर्दो हो !
त्यसैले त त्रि्रो पुर्पुरो फुटेर
"ज्वालामूखी" अग्रसर गर्दो हो ।
जलाऊ! जलाऊ ! हे पर्वतकी रानी !
शोषण र दुर्बलका बस्ती जलाऊ !
हवालहवाल्ती "लावा" को भेल उगेली
अत्याचार र भ्रष्टाचारलाई मैल झैं गलाऊ ।
सत्यता र धैर्यताले बास गरेको
तिमीनै छौ हाम्रो एकमात्र आशा
शदीयौं बितिगो तमाशा हेर्दै
उठ न अब त हे "उदास" !
तपस्वी ! त्रि्रो तपस्याले आज
विश्वमा शीतल पोखाउन सकोस्
तपस्याको अवधि धेरै भो अब त
अज्ञानको पर्दा धुजाउन सकोस् ।

No comments:

Post a Comment