सम्झे हुन्थ्यो भन्नेले बिर्से’कि पो कसो,
बिर्से हुन्थ्यो भन्नेले सम्झे’कि पो कसो!
बिर्से हुन्थ्यो भन्नेले सम्झे’कि पो कसो!
पर्खी बस्छु भन्नेले बसाईं सरे’कि पो कसो,
बसाईं सरि जानेले बाटो हेरी बसे’कि पो कसो!
बसाईं सरि जानेले बाटो हेरी बसे’कि पो कसो!
नरोई बसे भन्नेले माया मारे’कि पो कसो,
माया मारी जानेले आँशु झारे’कि पो कसो!
माया मारी जानेले आँशु झारे’कि पो कसो!
ईतिहास पल्टाएर, कोहि टोलाए’कि पो कसो,
टोलायर मायाले मलाई बोलाए कि पो कसो?
टोलायर मायाले मलाई बोलाए कि पो कसो?
सम्झे हुन्थ्यो भन्नेले….
No comments:
Post a Comment