Sunday, September 5, 2010
सुन्दरी सन्ध्याप्रति
दिवस उज्यालो शनैः शनैः
पश्चिमाकाशमा आर्लिए ।
थकित-पथिक कृषकवर्ग
गोधूली उढाएर फर्किए ।
चरण चुम्छ लालिमा ले,
उष्ण धरती पुनः सेलाए ।
दिनभरिको कठोर परिश्रम,
संघर्षाका आघात-प्रहारहरु,
व्यथा-उन्मुक्त हास-परिहास
र, इन्द्रधनुषी रंगपनि अस्ताए ।
शंख घण्टाको चर्को ध्वनिले
मन्दिर-मस्जिद चर्काए ।
कल-कल नादहरुले मन्द सुसेल्दै
अम्बर-धरतीको मधुर मिलनमा
सिन्दूरी रंगले र्छकाए ।
स्वेत परिधानलाई सपक्क बेरी
नभमा चन्द्र मुस्काए !
प्रभात किरणको स्फुर्ति स्फुरण ।
मध्यान्ह बेलाको जोश-उत्साह ।
ढल्किदा दिवसको अमृत अनुभव ।
सान्ध्य घुम्टोले फेरि लुकाए ।
पंख फिंजारी चरीको चुच्चो
रंगविरंगी रुप लुकाए
छ्वाप्प छोप्न तयार छौं तिमी
धन्य सुन्दरी सन्ध्या तिमीलाई ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment