भेरीको किनारमा म रुंदारुंदै थाकेछु भने मलाई सम्हालेर किनाराकै छेउको बगरमा राखिदिनू' भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ' कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने मलाई भेरीको किनारबाट उठाएर मेरो आंसुको नदीमा बगाइदिनू भेरीको किनारमा म रुंदारुंदै कतै थाकेछु भने' कतै मन लुकाउने ठाउं नभएर भाग्दाभाग्दै मनहरूबाटै धेरै टाढा भागिएछ भने मलाई बाटैबाट र्फकाएर ल्याउनू र भेरीको किनारमा लमतन्न सुताइदिनू जसमा टेकेर धेरैले आफ्नो गन्तव्य पूरा गर्नेछन् भेरीको किनारमा म रुंदारुंदै कतै थाकेछु भने' । | |
No comments:
Post a Comment