Sunday, September 5, 2010
अनुरोध
गरिवीले नेपालमा जँरा गाडेको सुन्दा मुटु दुख्छ
नेपालीका दु:खलाई समचारले दिनहुँ दिन फूक्छ
कोरियाको लागि सरकारी कोटाँ भन्छ,खुलेकाछन्
लामलागेर युवाशक्ति त्यहाँ आजभोली भूलेकाछन्
जन्मेर खेलेको धर्तीलाई चट्क्कै लौ माया मारेर
नजाऔं अब युवाशक्ति देश पराइको हातमा छाडेर
बेरोजगारीको गहिरो दलदलमा हामीलाई सधैं पारेर
हाम्रो देश लाँने हुनकी बैरीले हामीलाई बिदेश सारेर
आफ्नै देशमा कर्मगरेर पौंरखी बन्न सिकौं न अब
बिश्वाश गरौं हाम्रो देशले पनि काँचुली फेर्ने छ तब
मागेर हक त्यो मिल्दैन भने मिलेर हामी खोसौंन
अमूल्य हाम्रो पसिना सधैं,सधैं पराईलाई नपोसौंन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment