Pages

Sunday, September 5, 2010

म, चेतना र प्रयोग


बर्बरताको तिलाञ्जली
अस्थिरतासँग पो किन चाहियो र?
म त हरेक अवस्थामा
अपमानित नैतिकवान बनिसकेछु
र त, कथनमा भन्दा ब्याख्याहरूमा प्रयोग हुदैछु ।

उन्मूक्तताको पराधिनता
स्वतन्त्रतासँग पो किन चाहियो र?
म त हरेक आदर्शतामा
अदूरदर्शिताको लेपन बनिसकेछु
र त, मानसपटलमा भन्दा भित्ताहरूमा प्रयोग हुदैछु ।

संकीर्णताको पराकाष्ठा
बैचारिकतामा पो किन चाहियो र?
म त हरेक दृष्टिकोणमा
विखण्डनबादी कुलत बनिसकेछु
र त, संरचनात्ममा भन्दा विवेचनात्मकहरूमा प्रयोग हुदैछु ।

विश्वासनीयताको बलात्कार
मानसिकतामा पो किन चाहियो र?
म त हरेक प्रहरहरूमा
सामुहिक बलात्कृत पो बनिसकेछु
र त, भ्रुण अपरेशनबाट शिशु निकाल्न प्रयोग हुदैछु ।

नाडी काटेर रगत निकाल्ने
स्वार्थी सहयात्रीहरू पो किन चाहियो र?
म त हरेक पानाहरूमा
अभिसापयुक्त मसी पो बनिसकेछु
र त, लेखनमा भन्दा लडाईंहरूमा प्रयोग हुदैछु ।

No comments:

Post a Comment