Pages

Sunday, September 5, 2010

भो म कबिता लेख्दिन


बिचारहरु छरपष्ट छरिएर
आत्माहरु लीलाम बिक्री,
अनी
विश्वाशहरु भाँचिएर
मनहरु टुक्रा टुक्रा हुँदै गर्दा
कुहिएका लाशका थुप्राका
कुहीगन्धे गन्धहरुमा
निसासिएर नाक खुम्च्याउँदै
भो म कबिता लेख्दिन।
बहिनी भाउजुको
निस्कलँक सिउँदोहरु
पखालिँदै गर्दा
आगोका दन्दनी लप्काहरुले
गाउँवस्तिका लहरै लहर झुपडिहरु
अनी
गोठकटेराहरु
एकाएक सल्किँदै गर्दा
कपाल खौरिएर
बग्रेल्ती निर्दोश, अबोधहरुको
मलामी जाँदै
भो म कबिता लेख्दिन।
नियमकानुन्हरु भात्किएको बेला
अनियन्त्रित कालमा
हार गुहारका चित्कारहरु सुन्दै
रोग र भोकको महामारिमा
अनिकाल ले दबिएको
पेटका खपेटाहरु हेर्दाइ
महानङिले आकाश चुलिएको
अब्यबस्थित बजारमा
राशन पानी आलू प्याज मोल्दै
भो म कबिता लेख्दिन।
विश्वाशहरु छियाछिया भएर
एकार्काको खुट्टा तान्दै
उचाल्दै पछार्दै,तछाड मछाड
तानातान हानाहान
अनी
काटमार हुंदै गर्दा
बन्दुकको नालहरुमा छाती बिसाएर
मुटुको धड्कन रोक्दै
खुकुरिको धारहरुमा पाइला टेक्दै
रगतको आहालहरुमा ठिङ्ग उभिएर
युद्दको बिगुल सुन्दै
भो म कबिता लेख्दिन
भो म कबिता लेख्दिन।

No comments:

Post a Comment