योविधि मान्छेका
यति धेरै हातहरु
बनकरका पुच्छर
लखरलखर हल्लिइरहेको देखेर
दिनहरु वेदना छटपटाउँदै रुन्छन्
आफ्नो पुर्पुरो बिर्सेरे।

मुहानले गति लियो भने
बेगलाई कसैले छेक्न सक्दैन
अहो चन्द्र मुहार मेरी मञ्जरी भन्छिन्
के यी काँडाहरुका बीचमा फुल्न सकिन्न ?

यो हुरीले बारम्बार मलाई
चुचुरोमा चङ्गा उडाउन उल्क्याउँछ
कसरी म आफैं गर्वान्वित शिखर कुल्चेर
आफ्नै आँसुको पैरो खप्न
सहर्षपञ्जापत्र गर्न सक्छु र ?

धाइराका दर्बिला पाइला उभिएर
पोल्टाभरि बैंशालु हिमाल हाँसिरहन्छ मन
र रत्यौली रातका
गोधुली साँझहरु
हृदय सारंगी भिरेर
मारुनी पुरुसुंगे नाचिरहन्छन् हरदिन ।

अहा स्वप्निल सम्भावनाहरु
उज्यालिंदै आइरहेका छन्
यी पीडाका पर्खालहरु भत्किनेछन् एकदिन
र रातहरु ढलेपछि
बिहानलाई कसैले छेक्न सक्दैन बारम्बार ।