आगो रैछ जिन्दगी, भयो खरानी ।
सम्झनामा मात्रै पो, रह्यो परानी ।।
कण कण उडेर, कतै विलायो,
दुःख पिडा बनेर, आँशु पिलायो ।
झिनो आशा राखेर, वित्यो जवानी ।
सम्झनामा मात्रै पो, रह्यो परानी ।।
केहि गर्छु भन्दैथें, सक्दै सकिन,
स्वार्थी होकि मन यो, खोजें तर्किन ।
आशा छैन फूलको, सुक्यो जरा नि ।
सम्झनामा मात्रै पो, रह्यो परानी ।।
No comments:
Post a Comment